• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

आज देशभर २९३३ संक्रमित थपिए

  • खबरदाता

आज देशभर २९३३ संक्रमित थपिए

 

कार्तिक–१७, २०७७

चितवन । पछिल्लो २४ घण्टामा १३ हजार ४४६ नमुनाको परिक्षण गर्दा २ हजार ९३३ जना कोरोना संक्रमित थपिएका छन् ।

आज २ हजार ९३३ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ३७ हजार ५२४ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ३० हजार ९२४ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार ६ सय जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

यस्तै चितवनमा ७५, काठमाण्डौं उपत्यकामा १६३० जना
रहेका छन् । हाल देशभरमा ३४७ आईसियुमा छन् भने ७४ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा ३१५० जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ । यो ७८।२प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा २४ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ९८४ पुग्यो ।

  • प्रकाशित मिति : कात्तिक १७, २०७७, सोमवार ११:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८