• असोज २२, २०८१, मंगलवार Tuesday, 08 October, 2024

पार्टी जोगाएर प्रधानमन्त्री बन्ने प्रचण्डका तीन दाउ !


पार्टी जोगाएर प्रधानमन्त्री बन्ने प्रचण्डका तीन दाउ !

 

नारायण दाहाल / कार्तिक १७ ,२०७७

नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको छ । यतिसम्मकि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने सम्मको धम्की अर्को अध्यक्ष पुष्प कमल दाहाललाई दिएका छन् । जसको परिणाम स्वरुप अब पार्टी फूट्ने धेरै आशंका गरेका छन् । अहिले पनि प्रचण्ड पक्ष भने पार्टीलाई एक भएर जानु बाहेकको विकल्प नभएको बताइरहेका छन् । विशेषगरी कर्णाली प्रदेशकमा मुख्य मन्त्री शाही विरुद्ध केपी ओलीको समूहले अविश्वासको प्रस्ताव दर्ता गराएपसिछ चुलिएको विवादले अहिले पार्टी फूटको संघार सम्मको अवस्था निम्ताउने खतरा बढेको छ ।

प्रचण्ड पक्षको रणनिती दुई किसिमको रहेको छ । पहिलो रणनीति भनेको केपी ओलीलाई सचिवालय बैठक स्थायी समितिको बैठकको निर्णयबाट बहुमत सहितको परिणामले ओलीमाथि अविश्वासको प्रस्ताव हाल्ने । ओली अहिले त्यसै पनि अल्पमतमा परेका छन् । अल्पमतमा रहेको ओली बहुमत पु¥याउन सकिरहेका छैनन् । त्यसैले पनि ओली माधव नेपाललाई फकाउने पक्षमा देखिन्छन् ।तर नेपाल र ओली बीच विगतदेखि नै तिक्तता रहदै आएको छ । त्यसलै पनि ओली अहिले गम्भिर संकटमा छन् । जसको कारण ओलीले प्रचण्डलाई पेल्न खोजिरहेका छन् ।

अर्को रणनीतिमा प्रचण्डको पार्टी एकताको हो । ओलीलाई हटाउन सक्यो भने प्रचण्ड त्यसका पहिलो हिस्सेदार हुन् । किनभने पार्टी फुट्यो कार्यकर्ता र जनताको नजरमा राम्रो सन्देश जादैन । केपी ओलीको गुट समूह नभए पनि नेपाल र दाहाल बीच मिलेर सरकार बनाउन सक्छन् ।तर, ओलीलाई हटाएर आफू प्रधानमन्त्री पनि बन्ने र पार्टी जोगिने बाटोमा लैजाने कसरतमा प्रचण्ड त्यसैले ओलीले मिल्न नसक्ने भए आ– आफ्नो बाटो लागौं भन्दा प्रचण्ड होइन, सचिवाल बैठकबाटै निर्णय गरौं भन्ने पक्षमाबढी लगाब लगाइरहेका छन् ।

प्रचण्डको विगतदेखिकै रणनीति, ‘सर्प मरोस् लठ्ठी नभाँचियोस्’

अध्यक्ष प्रचण्ड नेपाली राजनीतिका यस्ता चतुर पात्र हुन् । उनी आफूलाई तल परेको हेर्न चाहादैनन् । नेपालको इतिहासमा १० वर्षजन युद्धका सुप्रिम कमाण्डर बनेको प्रचण्डको बन्दुकसँग र त्यसपनि राजतन्त्र हुदै गणतन्त्रमा ल्याउने पात्रलाई कमाजोर बनाइनु र बनाउन खोज्नु र त्यसको परिणाम झनै डर लाग्दो हुन्छ ।

पार्टी एकतापछि जे जस्तो अपेक्षा ओलीबाट प्रचण्डले गरेका थिए । त्यसपछि प्रचण्ड झस्किए, र अब आफ्नो विकेकलाई प्रयोग गर्दै गए । प्रचण्डलाई थाहा थियो ओली धेरै बोल्छन् काम गर्दैनन्, त्यसको जस मेरो काँधमा आउने छ । ओलीको सरकार गठन देखि नै विवाद भए । ओलीको बोली जति चिप्लीन्थ्यो । त्यति नै प्रचण्डलाई टेवा पुथ्यो । कोरोना भाइरस नहुँदो हो त ओलीेको बर्गिगमन बैशाखमै भइसक्र्यो तर प्रचण्डले हतार गर्न चाहेनन् । नेपाल कम्युनिष्ट पार्टीका एक नेताले औपचारिक कुरा गर्दे भने ‘फल भनेको पाकेर खाएको अझ बोटबाट झर्ने बेला भएसी खाँदाको स्वाद नै बेग्लै हुन्छ । बैशाखमा फल अलि पाकेको थिएन,अब भने मज्जले पाकेको छ यो मौका प्रचण्डले गुमाउने छैनन् ।’

अब प्रचण्डले कस्तो रणनीत चाल्छन् या प्रचण्डभन्दा ओली कति चतुर भन्ने सोमबारको निर्णय निकै महत्वपूर्ण हुने छ ।

  • प्रकाशित मिति : कात्तिक १७, २०७७, सोमवार ०६:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८