• फागुन २, २०८१, शुक्रवार Friday, 14 February, 2025

चितवन मेडिकल कलेजमा ३ संक्रमितको मृत्यु

  • खबरदाता

चितवन मेडिकल कलेजमा ३ संक्रमितको मृत्यु

 

कार्तिक -१७ ,२०७७

भरतपुरको चितवन मेडिकल कलेजमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालका अनुसार भरतपुर महानगरपालिका वडानम्वर ४ का ६३ वर्षीय पुरुषको आइतबार राति ९ बजेर १९ मिनेटमा मृत्यु भएको हो । कार्तिक १२ गते भर्ना भएका उनमा कार्तिक १३ गते कोभिड १९ पुष्टि भएको थियो । किड्नी र डाइविटिजको समस्या समेत रहेको उनको कोभिड आइसीयुमा उपचार हुदैगर्दा मृत्यु भएको हो।

त्यस्तै भरतपुर महानगरपालिका वडानम्वर ३ निवासी ५३ वर्षीय पुरुषको पनि हिजो राति ९ बजेर ४३ मिनेटमा मृत्यु भएको छ । अस्पताल भर्ना भएको आधा घण्टामानै कोभिडका कारण उनको अस्पतालले जनाएको छ।

उता नवलपुर देवचुली नगरपालिका ११ का ८० वर्षीय पुरुषको पनि उपचारकै क्रममा गएराति ११ बजेर २६ मिनेटमा मृत्यु भएको छ । कार्तिक १३ गते अस्पताल भर्ना भएका उनमा १४ गते कोभिड १९ पुष्टी भएको थियो ।

सोमबारनै चितवनको भरतपुर अस्पतालमा भरतपुर महानगगरपालिका १० का ७९ वर्षीय र धादिङ्ग जिल्ला निलकण्ठ नगरपालिका ३ बस्ने ६१ वर्षीय महिलाको मृत्यु भएको थियो । चितवनमा आज मात्रै कोरोना भाइरसबाट ५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

  • प्रकाशित मिति : कात्तिक १७, २०७७, सोमवार ०६:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८