कार्तिक – १७,२०७७
यस सत्रको आइपिएलबाट किङ्स पन्जाब ११ राजस्थान रोयल बाहिरिएका छन् । चेन्नाइसंग नौ विकेटले पराजित भए पछि पन्जाब बाहिरिएको हो भने कलकत्ता नाइट राइडर्ससंग राजस्थान ६० रनले पराजित भयो ।
मुम्बई इन्डियन शीर्ष दुईमा रहँदै प्ले अफ प्रवेश गरिसकेको छ भने तीन टोलीको टुङ्गो बाँकी रहेका दुई खेलबाट लाग्ने छ । सनराइजर्स हैदरावाद,दिल्ली क्यापिटल, रोयल च्यालेन्जर बंगलोर र कलकत्ता मध्य बाहिरिने एक टोलीको टुङ्गो यी दुई खेलले लगाउने छ । चौध अङ्क भएका बंगलोर र दिल्ली बिचको विजेता शीर्ष दुईमा रहँदै प्ले अफ प्रवेश गर्ने छ ।
यी दुवै टोलीको रन रेट १४ अङ्कनै भएको कलकत्ताको भन्दा राम्रो भएका कारण प्रतिस्पर्धात्मक खेल भए पराजित टोली पनि प्ले अफमा प्रवेश गर्नेछ । फराकिलो हार जितले कलकत्तालाई प्ले अफ प्रवेश गराउने छ । अन्तिम टोलीको टुङ्गो हैदरावाद र मुम्बईको मङ्गलवार हुने खेलले लगाउने छ । राम्रो रन रेट भएको हैदरावाद जिते प्ले अफ प्रवेश गर्ने छ ।
अस्थिर प्रदर्शन गरेको कलकत्ताले दिएको १९२ रनको लक्ष्य पछ्याएको राजस्थानले ९ विकेटको क्षतीमा १३१ रन बनायो । राजस्थानका जोस बटलरले २२ बलमा ३५,राहुल टेबटीयाले २७ बलमा ३१ र श्रेयास गोपालले २३ बलमा २३ रन बनाए ।
कलकत्ताका प्याट कुमिन्सलाई पारीको पहिलो बलमै रोविन उथ्थपाले छक्का प्रहार गरेर सुरुवात गरेका थिए भने ५ बलमै राजस्थानले १९ रन बनाएको थियो । पहिलो ओभरको अन्तिम बलमा उथ्थपाले अर्को छक्का प्रहार गर्न खोज्दा राजस्थानको पतन सुरु भएको थियो । कुमिन्सले ४ ओभर बलिङ गर्दै ३४ रन खर्चेर चार विकेट लिए । उनी म्यान अफ द म्याच घोषित भए । शिवं माभीले ४ ओभरमा १५ रन खर्चेर दुई विकेट लिए । वरुण चक्रवर्तीले पनि ४ ओभरमा २० रन खर्चेर दुई विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कलकत्ताले ७ विकेटको क्षतीमा १९१ रन बनायो । कप्तान इयान मोर्गानले ३५ बला ६८ रन बनाए । कलकत्ताको पनि सुरुवात खराब रहेको थियो । पारीको दोस्रो बलमा नितिस राना शून्य रनमा आउट भए । दिनेश कात्तिक र सुनिल नारायण शून्यमा आउट भए पनि शुभमन गीलले २४ बलमा ३६,तथा आन्द्रे रसेलले ११ बलमा २५ रन बनाए ।
यस अघिको खेलमा चेन्नाइले १५४ रनको लक्ष्य ७ बल बाँकी रहँदा एक विकेटको क्षतीमा पुरा गरेको हो । म्यान अफ द म्याच समेत घोषित ऋतुराज गाइकवादले ४९ बलमा अविजित ६२ रन बनाए ।
चेन्नाइका लागि उनले पछिल्ला तिन खेलमा अर्धसत्तक बनाए भने यी तिनै खेलमा चेन्नाइ विजयी भयो । यसै गरी, पाप डु प्लेसिसले ४८ रन बनाए ।
यस अघि पन्जाबलाई कम योगफलमा सीमित गर्ने क्रममा लुंगा एनगीडीले ४ ओभरमा ३९ रन खर्चेर तिन विकेट लिए । पन्जाबका दीपक होड्डाले ३० बलमा ६२ रन बनाए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८