• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

आइतबार निको भए ३६२० जना ,मृत्यु हुने ९६० पुगे

  • खबरदाता

आइतबार निको भए ३६२० जना ,मृत्यु हुने ९६० पुगे

 

कार्तिक–१६, २०७७

चितवन । पछिल्लो २४ घण्टामा १३ हजार २३ नमुनाको परिक्षण गर्दा २ हजार ८२४ जना कोरोना संक्रमित थपिएका छन् ।

आज २ हजार ८२४ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ३७ हजार ७६५ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ३१ हजार ३९४ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार ३७१ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

यस्तै चितवनमा १०६, काठमाण्डौं उपत्यकामा १६२२ जना
रहेका छन् । हाल देशभरमा २८३ आईसियुमा छन् भने ७८ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा ३६२० जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ । यो ७७।७ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा २३ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ९६० पुग्यो ।

  • प्रकाशित मिति : कात्तिक १६, २०७७, आइतवार ११:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८