कार्तिक (१६ २०७७
रोयल च्यालेन्जर बंगलोरलाई ५ विकेटले हराउदै सनराइजर्स हैदरावादले आइपिएलको प्ले अफ प्रबेशको सम्भवनालाई जिवितनै राखेको छ । १२१ रनको झीनो लक्ष्य हैदरवादले ५ विकेटको क्षतीमा १४।१ ओभरमा भेट्टाएको हो ।
हैदरावादका जोस होल्डरले १० बलमा अविजित २६ रन प्रहार गरे । उनको यो छोटो पारीमा तिन छक्कार एक चौका समाबेश थियो ।
ऋद्धिमन शाहले सर्वाधीक ३९ रन प्रहार गरे । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलोर ७ विकेटको क्षतीमा १२० रनमा सिमित भयो । हैदरावादका सन्दिप शर्माले ४ ओभरमा २० रन खर्चेर देवदत्त पाणीकल र विरोट कोहलीको विकेट लिए । यसैगरी, होल्डरले ४ ओभरमा २७ रन खर्चेर दुई विकेट लिए भने टि नटराजनले ४ ओभरमा ११ रन खर्चेर एक विकेट लिए । यसमा मिसफील्डको कारण भएको एक चौका समेत थियो । सन्दिप सो खेलका म्यान अफ द म्याच घोषित भए ।
शनीबार नै भएको अर्को खेलमा मुम्बइ इन्डियनले दिल्ली क्यापिटललाई ९ विकेटले हरायो । १११ रनको लक्ष्य मुम्बइले १४।२ ओभरमा एक विकेटको क्षतीमा पुरा गरेको हो । इसान किसनले ४७ बलमा अविजित ७२ रन प्रहार गरे । यस अघि दिल्लीलाई ११० रनमा समेट्ने क्रममा जसप्रित बुमराहले ४ ओभरमा १७ रन खर्चेर तिन विकेट लिए ।
दिल्लीले नौ विकेट गुमाएर सो योगफल खडा गरेको थियो । ४ ओभरमा २१ रन खर्चेर ट्रेन्ट बोल्टले दुई प्रारम्भीक ब्याट्सम्यान सहित रविचन्द्र आश्विनलाई आउट गरे । दिल्लीका श्रेयार ऐयारले २५ तथा ऋषभ पन्तले २० रन जोडे । दिल्लीको यो लगातार चौथो हार हो ।
अन्तिम खेलमा बंगलोरलाई हराए दिल्ली प्ले अफका लागि छनोट हुने छ भने पराजित भएमा अन्य खेलको परिणाममा भर पर्ने छ । मुम्बइ प्ले अफमा प्रबेश गरिसकेको छ भने ६ टोली बाँकी तिन स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८