• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

नवलपुरको ग्रामिण क्षेत्रका किसान अम्लिसो खेतिमा आकर्सीत

  • खबरदाता

नवलपुरको ग्रामिण क्षेत्रका किसान अम्लिसो खेतिमा आकर्सीत

 

 

कार्तिक १५,२०७७

चितवन । नवलपुरको पहाडी गाउँपालिका बुलिगंटार र बौदीकालीका स्थानीयले अम्लिसोको कुचोबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । बुलिगंटारको डाँडाझेरी, अर्खला, कोटथर, जौबारी र बौंदकिाली गाउँपालिकाको नरम,रुचागं, बबक, रकुवा गाउँका किसानहरुले बर्षेनी अम्लिसोको कुचो बिक्री गरेर आम्दानी लिन सफल भएका हुन् । एक घरपरिवारले वर्षमा करिव ४ लाख सम्मको आम्दानी गर्ने गरेको कृषक बुलिगंटार गोठडाँडाका यमबहादुर दर्लामी मगरले बताए ।

सात आठ बर्ष अघि सम्म जंगल फाँडेर खोरिया बनाएर मकै रोप्ने गरेका यहाँका ८० प्रतिशत स्थानीय बासीन्दा अहिले खोरिया फडाँनी छाडेर नाँगा डाडाँमा अम्लिसो लगाएर राम्रो आम्दानी गर्न सफल भएका स्थानीय नरमका शिक्षक खुमबहादुर सोती मगरले बताउछन । तत्कालिन गाबिस ले भूक्षय रोक्ने अभियान नै संचालन गरे पछि खोरिया फँडानी पुरै रोकिएको शिक्षक सोतीमगरले बताए ।

अहिले नागाँ डाडाँ अम्लिसो खेतीले भरिएका छन् ,गाडीका गाडी अम्लिसो बजार तिर बिक्रीका लागि ढुवानी गर्ने क्रम शुरु भएको बबकका ईन्द्र मगरले बताए । पहाडी क्षेत्रको भीर पाखा र नागाँ डाडाँमा हरेक दुई दुई बर्षमा लगाइृने अम्लिसो बाट त्यहाँका बासीन्दाले कुचो बनाएर राम्रे आम्दानी गर्ने गरेको बौंदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर राना मगरले बताए।

अहिले यहाँका गाउँगाउँमा ग्रामीण सडक पुगेको र यहाँका जनताले यो समय भ्याई नभ्याई अम्लिसोको कुचो बनाएर गाडीमा लोड गरेर बिक्री गर्न मधेश भर्ने क्रम शुरु भएको अर्खलाका कृषक मिनबहादुर आले मगरले बताउछन ।

यहाँका सात सय कृषकले जंगल फडाँनी गरेर मकै रोप्ने काम बन्द गरेर अम्लिसो खेती तर्फ आर्कर्षित हुन थाले पछि उनीहरुको यो खेती जीबकिोपार्जनको भरपर्दो माध्यम बनेको बुलिगंटार १ कोटथरका वडाध्यक्ष दिलबहादुर थापा मगरले बताए । कोटथरका किसानले झण्डै दुई सय ५० हेक्टरमा अम्लिसो खेती गरेका र पहाडी क्षेत्रमा यो नमुना बनेको वडाध्यक्ष थापामगरले बताए।

जिल्लाको पहाडी क्षेत्रमा नमुनाका रुपमा रहेको अम्लिसो खेती किसानहरुका लागि बरदान साबित भएको बुलिगंटार गाउँपालिकाका उपाध्यक्ष मैना बिकले बताए। पालिकाहरुले समेत अम्लिसो खेती गर्ने किसानहरुलाई थप प्रोत्साहन गर्नुपर्ने र पालिकाले अनुदानको ब्यबस्था गर्न सकियो भने मात्र पनि किसानहरु अझै आकर्षित हुने उपाध्यक्ष बिकको भनाई छ ।

  • प्रकाशित मिति : कात्तिक १५, २०७७, शनिवार ०२:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८