• मंसिर २४, २०८१, सोमवार Monday, 09 December, 2024

आज थपिए २८५६, निको भए ३३३६ जना

  • खवरदाता

आज थपिए २८५६, निको भए ३३३६ जना

कार्तिक–९, २०७७

चितवन । पछिल्लो २४ घण्टामा १२ हजार ३११ नमुनाको परिक्षण गर्दा २ हजार ८५६ जना कोरोना संक्रमित थपिएका छन् ।

आज २ हजार ८५६ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ४५ हजार ५७२ जना रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ३२ हजार ५९३ रहेको छ भने संस्थागत आइसोलेसनमा १२ हजार ९७९ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

यस्तै काठमाण्डौं उपत्यकामा १५३५ रहेका छन् । हाल देशभरमा २७७ आईसियुमा छन् भने ६६ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा ३३३६ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या १ लाख ११ हजार ६७० पुगेको छ । यो ६८.८ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा ५ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ८४७ पुग्यो ।

  • प्रकाशित मिति : कात्तिक ९, २०७७, आइतवार ११:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८