कार्तिक–८, २०७७
चितवन । पछिल्लो २४ घण्टामा १३ हजार ८४६ नमुनाको परिक्षण गर्दा २ हजार २२५ जना कोरोना संक्रमित थपिएका छन् ।
आज २ हजार २२५ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ४६ हजार ५७ जना रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ३२ हजार ८७३ रहेको छ भने संस्थागत आइसोलेसनमा १३ हजार १८४ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।
यस्तै चितवनमा ४३, काठमाण्डौं उपत्यकामा १११० रहेका छन् । हाल देशभरमा ३०७ आईसियुमा छन् भने ७० जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
पछिल्लो २४ घण्टामा २८४६ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या १ लाख ८ हजार ३३४ पुगेको छ । यो ६८.८ प्रतिशत हुन आउँछ ।
विगत चौविस घण्टामा देशभरमा १३ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ८४२ पुग्यो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८