• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

गाडी भाडा ८५० मा १४५० लियो

  • खवरदाता

गाडी भाडा ८५० मा १४५० लियो

कार्तिक–८, २०७७

चितवन । चाडपर्वको समय वढि भाडा असुल गर्ने सवारीबाट भाडा फिर्ता गराइएको छ ।

काठ्माण्डौबाट कोपिलाकोट सिन्धुलीतर्फ जादै गरेको ना ४ ख ७३२ नम्वरको बसले बढी भाडा लिएपछि अस्थाई ट्राफिक प्रहरी पोष्टबाट खटिएको ट्राफिक प्रहरीले भाडा वढि लिनेहरुलाई फिर्ता गर्न निर्देशन दिएको बाग्मती ट्राफिक कार्यालय रामनगरले जानकारी दिएको छ ।

काठ्माण्डौबाट कपिलाकोट सम्मको भाडा रू. ८५० भएपनि बसले रू. १४५०÷ भाडा लिएको थियो । बढी भाडा रू. ६०० लिएको पाइएपछि बसमा सवार ३३ जना यात्रुको रू. ६०० का दरले जम्मा रू. १९,८००÷ फिर्ता गराई बसलाई कानून बमोजिम कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : कात्तिक ८, २०७७, शनिवार ०३:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८