• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

मुम्बई फेरी शीर्ष स्थानमा


मुम्बई फेरी शीर्ष स्थानमा

कार्तिक–८, २०७७

चेन्नाइ सुपर किङ्सलाई १० विकेटले हराउँदै मुम्बई इन्डियन आइपिएल अङ्क तालीकाको शीर्ष स्थानमा उक्लेको छ । ११५ रनको लक्ष्य पाएको मुम्बईले विना कुनै विकेटको क्षति १३ औ ओभरको दोस्रो बलमा ११६ रन बनाएको थियो । क्वीन्टन डिककले ३७ बलमा ४६ रन बनाए भने त्यत्तिकै बलको सामना गरेका इसान किसनले ६८ रन प्रहार गरे । उनको पारीमा ६ चौका र ५ छक्का समावेश थियो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले ९ विकेटको क्षतीमा ११४ रन बनायो । चेन्नाइले तेस्रो ओभर सकिँदा ३ रनमा चार विकेट गुमाइसकेको थियो । ६.४ ओभरमा ३० रन जोडेर ६ विकेट गुमाएका थियो । सातौँ क्रममा ब्याटिङ गरेका साम करणले ४७ बलमा ५२ रन बनाए । उनले इम्रान ताहीरसंग नवौँ विकेटका लागि ४३ रनको साझेदारी गरे । ताहिर १३ रनमा अविजित रहे ।

४ ओभरमा १ मेडन सहित १८ रन खर्चेर ४ विकेट लिएका ट्रेन्ट बोल्ट म्यान अफ द म्याच घोषित भए ।

  • प्रकाशित मिति : कात्तिक ८, २०७७, शनिवार ०३:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८