• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

आज बडा दशैंको सातौं दिन, घर घरमा फूलपाती भित्र्याईदै


आज बडा दशैंको सातौं दिन, घर घरमा फूलपाती भित्र्याईदै

कार्तिक–७, २०७७

काठमाडौँ । बडा दशैंको सातौ दिन आश्विन शुक्ल सप्तमीका अवसरमा देशभरका विभिन्न शक्तिपीठहरुमा फूलपाती भित्र्याइन्छ । तर यसपाली कोरोनाका कारण शक्तिपीठहरुमा भक्तजनको केही चहलपहल देखिँएको छैन । आजको दिन कालरात्री भगवतीको पूजा गरिन्छ । देविको उपासनाबाट कालबाट छुट्कारा पाउनुका साथै कष्ट नाश हुने, बाधा अड्चन नआउने विश्वास गरिन्छ ।

घटस्थापनाका दिन देखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याइन्छ ।

नौ पातमा क्रमशः ब्रहृमायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा पनि गरिन्छ । आजको दिन नै हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । तर यो बर्ष भने कोरोनाका कारण भक्तजनको उपस्थिति नहुने भएको छ ।

गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका छ जनाले फूलपाती बोकेर ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहदै आएको छ ।

  • प्रकाशित मिति : कात्तिक ७, २०७७, शुक्रवार ०२:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८