कार्तिक–७, २०७७
राजस्थान रोयल्सको आइपिएलको प्ले अफमा प्रवेश गर्ने सम्भावना न्यून बनेको छ । बिहीबार भएको खेलमा सनराइजर्स हैदरावादसंग ८ विकेटले पराजित भएपछि राजस्थान खराब अवस्थामा पुगेको हो ।
राजस्थानले छाडेको १५५ रनको लक्ष्य पछ्याएको हैदरावादले दुई विकेटको क्षतीमा ११ बल बाँकी रहँदा १५६ रन बनायो । मनिस पाण्डेले ४७ बलमा अविजित ८३ रन जोडे । उनको पारीमा ४ चौका र ८ छक्का समावेश थियो । उनले विजय शंकरसँग मिलेर तेस्रो विकेटका लागि अविजित १४० रनको साझेदारी गरे । विजयले ५१ बलमा ५२ रन बनाए ।
यस अघि हैदरावादका बलरले कसिलो बलिङ गरे छि राजस्थानले ६ विकेटको क्षतीमा १५४ रन बनायो । विजय शंकरले तिन ओभरमा १५ रन खर्चेर एक विकेट लिए । जेसन होल्डरले ४ ओभरमा ३३ रन खर्चेर तिन विकेट लिए । यसै गरी, रसिद खानले ४ ओभरमा २० रन खर्चेर एक विकेट लिए । पाण्डे खेलका म्यान अफ द म्याच भए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८