कार्तिक ६, २०७७
गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले नेपालमा भएको आफ्नो ‘अन्तिम’ सम्पत्ति पनि बिक्री गर्न लाग्नुभएको छ । विराटनगरमा आफ्नो पिता गिरिजासँग प्राप्त पैतृक सम्पत्ति उहाँले पहिले नै बिक्री गरिसक्नुभएको थियो । सुजाताले ‘आफ्नो मेहनतबाट आर्जन गरेको’ साठी आना जग्गासहितको आफू बस्दै आएको मण्डिखाटारस्थित घर बिक्रीका निम्ति हालै बैना लिनुभएको छ ।
प्राप्त जानकारीअनुसार उहाँले उक्त घर जग्गा करिब रु। बाइस करोडमा बिक्री गर्न लाग्नु भएको र बैनावापत तीन करोड रूपैयाँ बुझिलिनुभएको छ । यसअघि उक्त घरजग्गा बिक्री गर्न विराटनगरस्थित नोवल मेडिकल कलेजका सुनिल शर्मासँग सुजाताले दुई करोड बैनावापत बुझ्नुभएको थियो । विराटनगरकै एक बिस्कुट उद्योगको समेत मालिक रहेका मारवाडी ब्यापारीसँग तीन करोड रूपैयाँ बैनावापत बुझेर सुनिलसँग बुझेको रकम फिर्ता गरिदिएको समाचारसुत्रहरूले जनाएका छन् ।
गत वर्ष सुनिल शर्माले एक्काइस करोडमा उक्त जमिन खरिद गर्न बैना दिएका थिए । सो सम्पत्तिमा कुनै पनि किसिमले दाबी गर्ने छैन भनी छोराले समेत कागज गरिदिनुपर्ने शर्त सुनिलले सुजातासमक्ष राखेका, तर सुजाताले छोराको दस्तखत गराउन नसकेपछि सुनिल बैना फिर्ता लिन बाध्य भएका थिए ।
विदेशी नागरिक आफ्ना एक छोरा र छोरीलाई सुजाताले आफू परराष्ट्रमन्त्री हुँदा ‘एनआरएन’को विशेष परिचयपत्र बनाइदिनुभएको थियो । आमा सुजातासँग मनमुटाव भएपछि छोरा आफ्नो परिवारसहित बुढानिलकण्ठमा बस्दै आएका छन् । छोराको दस्तखतबिना जग्गा खरिद गर्न सुनिल राजि नभएपछि सुजाताले सहयोगीहरू केशव दुलाल र अनिल आचार्यमार्फत नयाँ ग्राहक फेला पार्नुभएको थियो । अब तीन महिनाभित्र सुजाताले उक्त घर खालि गराइ रजिष्टे«सन पास गरिदिनुपर्ने छ ।
गिरिजाप्रसाद कोइराला सत्ता र शक्तिमा रहँदै ‘निकै दुःख गरेर’ सुजाताले आर्जन गर्नुभएको सो घरजग्गा विनोद अग्रवाल नामक एक मारवाडी व्यापारीकी पत्नीको नाममा राखिएको थियो । करिव चार वर्षअघि मात्र उहाँले आफ्नो सम्पत्ति आफ्नै नाममा ल्याउनुभएको थियो । त्यसअघि सुजाता ९अहिले प्रचण्डले झैँँ० विनोदको घर भाडामा लिएर बसेको बताउने गर्नुहुन्थ्यो । आफ्नो नाममा जमिन ल्याउँदा ५७ आना मात्र रहेको र तीन आना जमिन अरु कसैको नाममा भएको फेला परेपछि नापी विभागका तत्कालिक कर्मचारी नारायणप्रसाद चौधरीको विशेष सहयोगमा ‘मिलाएर’ तीन आना थपिएको थियो ।
सुजाता कोइराला नेपालमा रहेको आफ्नो सम्पूर्ण सम्पत्ति बिक्री गरेर बेलायत बसाई सर्ने योजनामा रहनुभएको छ । सबै सम्पत्ति बिक्री भए पनि उहाँ काङ्ग्रेसको आगामी महाधिवेशनमा उच्च पदीय जिम्मेवारी पाए नेपालमै अरु केही समय बस्नुहुने र भनेजस्तो पद नमिले महाधिवेशनलगत्तै देश छोड्ने तयारीमा रहनुभएको बुझिएको छ ।
ज्ञातव्य छ, सुजाताको विवादास्पद बङ्लादेशी ज्वाइँ रुवेल चौधरी आफ्नी पत्नी मेलानीसहित बेलायतमा बस्दै आएका छन् । नेपालमा सम्पत्ति बेचेको नगद लिएर सुजाता आफ्नी छोरी९ज्वाइँसँगै बेलायत बस्न जान लाग्नुभएको हो । छोरासँग कुरा नमिले पनि सुजाताको छोरी र ज्वाइँसँग निकै राम्रो सम्बन्ध रहिआएको छ ।
स्मरण रहोस्, सुजाता पहिले पनि विवाह गरेर विदेशिनुभएको र २०४८ सालमा आफ्ना पिता प्रधानमन्त्री बनेपछि मात्र नेपाल फर्कनुभएको थियो । जीवनको अन्तिम क्षणमा गिरिजाले सुजातालाई उपप्रधानमन्त्रीको दर्जासहित परराष्ट्रमन्त्री बनाइदिनुभएको थियो । यतिबेला सुजाता शेरबहादुर देउवासँग बार्गेनिङ गर्दै हुनुहुन्छ । उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध विभागको संयोजक र काङ्ग्रेसको आगामी महाधिवेशनमा उपसभापति बनाइनुपर्ने शर्त देउवासमक्ष राख्नुभएको बुझिएको छ । देउवासँग कुरा मिलाएर अघि बढ्नकै निम्ति सुजाताले केही साताअघि रामचन्द्र पौडेलहरूले पार्टीमा देउवाविरुद्ध दिएको सामूहिक उजुरीमा पहिले दस्तखत गरेर पनि पछि फिर्ता लिनुभएको थियो । सुजाता यतिबेला रामचन्द्र पौडेलविरुद्ध वातावरण बनाउन सक्रिय रहनुभएको छ । यसो गर्दा देउवा र आफ्ना दाजुभाइ कोइरालाहरू खुशी हुने भएकोले पनि सुजाताले पौडेलविरुद्ध अभिव्यक्ति दिनुभएको बताइन्छ ।
जे होस्, सुजाता कोइराला काङ्ग्रेसको आगामी महाधिवेशनसम्म नेपाल बस्नुभए पनि कुनै पद हात नलागे सधैंका निम्ति देश छोड्ने अब निश्चित भएको छ । श्रोत – घटना र विचार
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८