कार्तिक ६, २०७७
चितवन । भरतपुर अस्पताल र चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा १२१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
बुधबार गरिएको परिक्षणमा चितवनका ८० सहित १२१ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
प्रयोगशालाका अनुसार भरतपुरका २८ पुरुष र ३० महिला गरि ५८ जना, रत्ननगरका ६ पुरुष र ४ महिला गरि १० जना, खैरहनिका ४ पुरुष र १ महिला गरि ५ जना, राप्तीका ४ पुरुष , कालिकाका, इच्छाकामना र माडिका ३ महिला समेत गरि ८० जना रहेका छन।
यस्तै अन्य संक्रमित हुने हरुमा हेटौंडाका, नवलपरासी,गोरखा, पाल्पा,गुल्मी,तनहुँ लगायतका जिल्लाहरुका ४१ जना समेत गरि जम्मा १२१ रहेका छन।संक्रमितहरु ६ देखि ६८ बर्ष सम्मका रहेकोका छन।
भरतपुर अस्पताल , सिएमसि ,पुरानो मेडकल कलेज ,लुम्बिनी मेडिकल कलेज नेशनल सिटि अस्पताल र विभिन्न क्वारेन्टिनबाट संकलन गरिएका ६१५ नमुनाको परिक्षण गर्दा ४९४ नमुनाको नतिजा नेगेटिभ आएको थियो भने १२१ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८