• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

नवरात्रिको छैटौँ दिन कात्यायनी माताको पूजा

  • खवरदाता

नवरात्रिको छैटौँ दिन कात्यायनी माताको पूजा

कार्तिक–६, २०७७

काठमाण्डौं । बडादशैं अन्तर्गत नवरात्रको छैटौ दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ । आजको दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःखजस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।

देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा पैदा भएको जनविश्वास छ । शक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको बध गरेको ग्रन्थमा उल्लेख गरिएको छ ।

घटस्थापनादेखि नवमीका दिनसम्म हरेक दिन दुर्गा भवानीका ९ रुपको पूजा गर्ने प्रचलन छ । यस पटकम भने कोरोनाका कारण देशका कुनै पनि शक्तिपीठमा भक्तजनको भीड लागेको छैन ।

  • प्रकाशित मिति : कात्तिक ५, २०७७, बुधवार २३:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८