• फागुन १४, २०८०, सोमवार Monday, 26 February, 2024

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

  • खवरदाता

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

कार्तिक–५, २०७७

चितवन । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर १३ बस्ने ४० वर्षका पुरुष रहेको चितवन मेडिकल कलेजले जानकारी दिएको छ ।
ज्वरो तथा निमोनिया भई यही असोज २३ गते भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टी भएको थियो । क्यान्सर रोगबाटपनि ग्रसित ति पुरुषको सघन उपचार कक्षमा उपचारको क्रममा आज बुधवार उिउँसो ४ बजेर २८ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
यो सहित चितवन मेडिकल कलेजमा मात्रै कोरोना संक्रमितबाट मृत्यु हुनेको सख्या ४५ जना पुगेका छन् ।

  • प्रकाशित मिति : कात्तिक ५, २०७७, बुधवार १३:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८