• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

एकैदिन ५७४३ संक्रमित थपिए, आज मृत्युहुने २६ जना

  • खवरदाता

एकैदिन ५७४३ संक्रमित थपिए, आज मृत्युहुने २६ जना

कार्तिक–५, २०७७

चितवन । पछिल्लो २४ घण्टामा २० हजार ११८ नमुनाको परिक्षण गर्दा ५ हजार ७४३ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ५ हजार ७४३ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ४४ हजार ४७६ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या २९ हजार ८०० रहेको छ भने संस्थागत आइसोलेसनमा १४ हजार ६७६ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

यस्तै चितवनमा १०३, काठमाण्डौं उपत्यकामा ३१०७ मध्ये काठमाण्डौंमा २३९१ भक्तपुरमा १७३ र ललितपुरमा ५४३ रहेका छन् । हाल देशभरमा २६९ आईसियुमा छन् भने ८७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा २९९६ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ९९ हजार ६०५ पुगेको छ । यो ६९.७ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा २६ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ७९१ पुग्यो ।

  • प्रकाशित मिति : कात्तिक ५, २०७७, बुधवार १०:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८