• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

जुम्लीको च्याङ्ग्रामा चितवने दशैं

  • खवरदाता

जुम्लीको च्याङ्ग्रामा चितवने दशैं

कार्तिक– ५, २०७७

चितवन । भोजाडका राजेन्द्र तिमिल्सेनाको दसैँ यस पटक फरक हुने भएको छ । विगतका वर्षहरुमा खसीको मात्रै स्वादले दसैँ कटेको उनि सम्झन । तर यो पटक भने उनि बिरेन्द्र क्याम्पस अगाडी जुम्लाबाट बिक्रिगर्न ल्याइएको च्याङ्ग्रा छान्दै छन् । गतवर्ष जोखेर नदिने गरेको अनुभव उनमा छ । यस पटक जोखेर पनिदिने भएपछि उनि सहितअर्का केही साथीमिलेर च्याङ्ग्रा किन्ने तयारीमा छन् ।

जुम्लाबाट कमल बस्नेतको समूहले चितवनको भरतपुर ल्याएको ६० वटा च्याङ्ग्रा छान्दै छन मकवानपुर मनहरीका विकास लामा पनि । पोखरा गएमात्रै च्याङ्ग्रा पाइने जानकार उनका साथीसँग चितवनमा आफ्नो व्यसायको काममा आउँदा च्याङ्ग्रा देखिएपछि रोकिए र खरिद गरे । लामा भन्छन्,“सदाका दसैँमा कुखुरा खसी खाइरहेको र दिक्कै लागेको थियो । यो पटक जसरी पोखरा पुगेर किन्ने योजना थियो । यही पाउँदा खुसी लाग्यो । यसको मासुमा वोसो पनि हुन्न । ”
मनहरी मकवानपुरबाट एक हप्ता अघि पोखरामा जाने तयारीमा थिए राज कालाखेती । तर अहिले भरतपुरमा रहेको च्याङ्ग्राले उनलाई सहजभयो । भन्छन “दसैँ आएको अनूभुति भयो । तराईमा रहँदा विकट ठाउँका स्वादिष्ट च्याङ्ग्राको स्वादमा दसैँ मानिन्छ ।”

च्याग्रा व्यवसायी जुम्लाका कमल वस्नेतलाई यहाँजति रमाइलो र आम्दानी भइरहेको छ , त्यतिनै पीडा यहाँ ल्याउँदा छ । आवश्यक सवै कागजात हुँदाहुँदैपनि प्रहरीले ठाउँ ठाउँमा दुखदिएको अझै सम्झन्छन् । भन्छन्“सजिलो छैन सर हामीलाई । प्रहरीले दिनु दुख दिए । यसैको विक्रिबाट आम्दानी गरेर फुलपाती पहिले घर फर्कनु छ ।” सानो छोरा सहित चितवन आएका उनले ६० वटा च्याङ्ग्रा ल्याएकोमा अहिले २० वटा जति वाँकी छ ।

हुम्ला,जुम्ला, डोल्पाबाट किसानसँग खरिद गरी यहाँ विक्रिका लागि ल्याएका हुन । “जडीवुटी खाएका च्याङ्ग्रा स्वस्थ्य छन् । दसैँ तिहारको अवसर पारेरै ल्याएको । सवै स्वास्थ्य जाँच गरेर ल्लाएकालेपनि विक्रि सजिलै भइरहेको छ । ” उनि चितवन आएकोे ५ दिनभयो । विगतमा साथीहरुले ल्याउनुभयो यस पटक केही च्याङ्ग्रा काठमाण्डौ पठाएर बाँकी लिएर म यहाँ आएको हुँ ।

उनका अनुसार चितवनका कुल जनसंख्याको ३३ प्रतिशतले मात्रै च्याङ्ग्रा रुचाउँछन् । अहिले ९ सय देखि माथि किलोको विक्रिभइरहेको छ । अर्का व्यवसायी लक्ष्मीचन्द्र बोहोरापनि आम्दानी ठिकै भएको भन्दै यही आम्दानी लगेर जुम्लामा दसैँ मान्न फर्कने बताउँछन् । तर बाटोमा प्रहरीले दिनु दुखदिए । उनि भन्छन् “केहीआम्दानी हुन्छकी भनेर आएको । बाटोमा प्रहरीले धेरै दुखदिए । कागज हुँदापनि प्रहरीले दिनु दुखदिएर कमिसन घुस मागे पछि सवै त्यही छोड्दिऔँ जस्तै बनाए ।”

तर अहिले विक्रि धमाधम भएपछि भने उनि खुशीछन् । च्याङ्ग्राको सवै चेकजाँच गराएर ल्याएको बताउने उनि आगामी दिनमा यसरी दुख नदिन आग्रह गर्छन । सवै विक्रि भएर दसैँ मान्न फर्कने उनिहरुले ल्याएको च्याङ्ग्राको स्वादमा चितवन र यस आसपासका व्यक्तिहरुले दसैँ मनाउँदैछन् ।

  • प्रकाशित मिति : कात्तिक ५, २०७७, बुधवार १०:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८