• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

दुई वर्षे २ वालक सहित चितवनमा ८३ जनामा कोरोना संक्रमण पुष्टि

  • खवरदाता

दुई वर्षे २ वालक सहित चितवनमा ८३ जनामा कोरोना संक्रमण पुष्टि

कार्तिक –५ ,२०७७

चितवन । चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका २८ पुरुष र १८ महिला गरि ४६ जना, रत्ननगरका ३ पुरुष ६ महिला, खैरहनिका १ पुरुष, राप्तीका १ महिला र ईच्छाकामनाका १ पुरुषगरि चितवनका ५८ जना रहेका छन ।

अन्य संक्रमित हुनेहरुमा नवलपुरका १४, तनहुँका ४, गोरखा १, बारा ४, काठमाण्डौ १ र ललितपुरका १ समेतगरि जम्मा ८३ जना रहेका छन । संक्रमितहरु २ महिना देखि ९० बर्ष सम्मका रहेका छन ।

परिक्षण गरिएका नमुनाहरु सबै सिएमसी स्वाब संकलन केन्द्रबाट लिइएको अस्पतालले जनाएको छ ।

मंगलबार परिक्षण गरिएका २७१ वटा नमूना मध्ये १८८ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ८३ वटा नमुनाको पोजेटिभ आएको हो ।

  • प्रकाशित मिति : कात्तिक ५, २०७७, बुधवार ०३:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८