• असोज १, २०८१, मंगलवार Tuesday, 17 September, 2024

धवनको कीर्तिमानी शतकका बाबजुद दिल्लीको हार

  • खवरदाता

धवनको कीर्तिमानी शतकका बाबजुद दिल्लीको हार

कार्तिक–५, २०७७

प्रारम्भिक ब्याट्सम्यान शिखर धवन आइपिएल इतिहासमै लगातार दुई खेलमा शतक प्रहार गर्ने खेलाडीको रूपमा कीर्तिमान बनाउन सफल भए पनि मंगलवार भएको खेलमा दिल्ली क्यापिटल किङ्स पन्जाब ११ सँग ५ विकेटले पराजित भएको छ । धवनको अविजित १०६ रनको सहयोगमा दिल्लीले ५ विकेटको क्षतीमा बनाएको १६४ रनको जवाफमा ब्याटिङ गरेको पन्जाबले एक ओभर बाँकी रहँदा ५ विकेटको क्षतीमा १६७ रन बनायो ।

दिल्लीलाई कम योगफलमा समेट्ने क्रममा पन्जाबले डेथ ओभरमा उत्कृष्ट बलिङ गरेको थियो । धवनको पारीमा १२ चौका र तिन छक्का समावेश थियो । पन्जाबको ब्याटिङ भने फरक खालको थियो । दुवै प्रारम्भिक ब्याट्सम्यान सस्तोमा आउट भए पनि क्रिस गेलले १३ बलमा २९ तथा निकोलास पूरणले २८ बलमा ५३ रन प्रहार गरे पछि पाँचौँ ओभर पछि आवश्यक रन रेट आठ भन्दा बढी नाघेन । ११ ओभर सकिँदा पन्जाबलाई प्रति ओभर ६ भन्दा कम रन आवश्यक थियो । रवाडाले पूरण र म्याक्सवेललाई आउट गरे पनि यो ढिला भइसकेको थियो । चार ओभर बाँकी हुँदा १७ रन आवश्यक थियो । अक्षर पटेल र रविचन्द्र आश्विनले यस पछिका दुई ओभर खुलेर खेल्न नदिए पनि १९ औ ओभरको अन्तिम बलमा जेमी निसमले छक्का प्रहार गर्दै खेलको अन्त्य गरे ।

चेन्नाइसंगको पछिल्लो खेल भन्दा अघि २६७ टी २० खेलमा शतक प्रहार नगरेको धवन यस खेलको सुरुवात देखि आक्रामक रहेका थिए । म्याक्सवेललाई पहिलो ओभरमा छक्का प्रहार गरेका धवनले पृथ्वी सस्तोमै आउट भए पनि धवनले श्रेयास ऐयारसँग मिलेर पहिलो दोस्रो विकेटका लागि ३१ बलमा ४८ रनको साझेदारी गरे । ऐयार १२ बलमा १४ रन बनाए पछि मुगारन आश्विनको बलमा आउट भए । चोटबाट फर्किएका ऋषभ पन्त २० बलमा १४ रन बनाए पछि म्याक्सवेलको बलमा आउट भए । एक्लै दिल्लीको पारी सम्हालेका धवनले १९ औ ओभरमा ५७ बलमा शतक पुरा गरे ।

१५ ओभरमा तिन विकेटको क्षतीमा ११७ रनको अवस्थामा रहेको दिल्लीले अन्तिम पाँच ओभरमा ४७ रन मात्र बटुल्यो । यस क्रममा मोहम्मद सामीले लगातार योर्कर याँकेर अन्तिम दुई ओभरमा १३ रन दिए भने मार्कस स्टोनिस र सिम्रोन हटमायरको विकेट पनि लिए ।

पन्जाबको सुरुवात भने अन्य खेलको भन्दा खराब रहेको थियो । पहिले ओभरमा डानियल साम्सलाई छक्का प्रहार गरेका लोकेश राहुल अक्षर पटेलको बलमा चाडै नै आउट भए । यस पछि ब्याटिङ गरेका गेलको विरुद्धमा अश्विनलाई प्रयोग गर्ने धेरैको अनुमान रहे पनि दिल्लीले साम्स र तुलसार देस पाण्डेलाई त्यस पछिका दुई ओभर प्रयोग गरेको थियो । पाण्डेको ओभरमा गेलले तिन चौका र दुई छक्का प्रहार गरे पछि पाँचौँ ओभरमा ५० रनको आँकडा पार गरेको थियो ।

यस पछि आएका अश्विनको दोस्रो बलमा मै गेल आउट भए । यस पछि असमझदारीका कारण मायंक अग्रवाल पनि रन आउट भए पछि पन्जाबले छोटो समयमा नै तिन विकेट गुमाएको थियो । यसका बाबजुद पूरणले लगातार आक्रामक ब्याटिङ गर्दै पन्जाबलाई जितको नजिक लगे । हारका बाबजुद धवन खेलका म्यान अफ द म्याच घोषित भए ।

जित सहित पन्जाब ८ अंक सहित पाँचौँ स्थानमा रहेको छ । दिल्ली १४ अंक सहित दोस्रो स्थानमा छ । तेस्रो देखि सातौँ खेल सम्म लगातार पाँच पराजयको सामना गरेको पन्जाबले यस पछि बैंगलोर र मुम्बई सहित शीर्ष तिन स्थानका टोलीलाई हराएको हो ।

  • प्रकाशित मिति : कात्तिक ५, २०७७, बुधवार ०२:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८