कार्तिक– ४, २०७७
चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
आइतबार गरिएको परिक्षणमा चितवनका ४६ सहित ४९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रयोगशालाका अनुसार भरतपुरका ११ पुरुष र १२ महिला गरि २३ जना, रत्ननगरका २ पुरुष र ३ महिला गरि ५ जना, खैरहनिका ४ पुरुष र ६ महिला गरि १० जना, राप्तीका १ पुरुष, कालिकाका १ पुरुष र माडिका ५ पुरुष र १ महिला समेतगरि ४६ जना रहेका छन ।
यस्तै अन्य संक्रमित हुनेहरुमा हेटौंडाका १ पुरुष ,र नवलपरासीका २ पुरुष गरि ४९ जना रहेका छन ।
संक्रमितहरु १४ महिना देखि ७२ बर्ष सम्मका रहेका छन ।
भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, जय बुद्ध अस्पताल, नेशनल सिटि अस्पताल र विभिन्न क्वारेन्टिनबाट संकलन गरिएका २०१ नमुनाको परिक्षण गर्दा १५२ नमुनाको नतिजा नेगेटिभ आएको थियो भने ४९ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८