• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

आज थपिए ३०९३ संक्रमित, निकोहुने ९६ हजार नाघे

  • खवरदाता

आज थपिए ३०९३ संक्रमित, निकोहुने ९६ हजार नाघे

कार्तिक–४, २०७७

चितवन । पछिल्लो २४ घण्टामा १३ हजार ८६१ नमुनाको परिक्षण गर्दा ३ हजार ९३ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ३ हजार ९३ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ४१ हजार ७५५ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या २८ हजार १९६ रहेको छ भने संस्थागत आइसोलेसनमा १३ हजार ५५९ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

यस्तै चितवनमा ६९, काठमाण्डौं उपत्यकामा १७०२ मध्ये काठमाण्डौंमा १४३१ भक्तपुरमा १४८ र ललितपुरमा १२३ रहेका छन् । हाल देशभरमा २७३ आईसियुमा छन् भने ७८ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा २१०८ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ९६ हजार ६०९ पुगेको छ । यो ६९.४ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा ८ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ७६५ पुग्यो ।

  • प्रकाशित मिति : कात्तिक ४, २०७७, मंगलवार ११:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८