• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

कैदीबन्दीको आफन्तलाई सन्देश, ‘यो पटक नभेटौं, बाँचे पटक पटक भेटौला’

  • खवरदाता

कैदीबन्दीको आफन्तलाई सन्देश, ‘यो पटक नभेटौं, बाँचे पटक पटक भेटौला’

कार्तिक–४, २०७७

चितवन । दसैँ सुरु भइसक्दा धेरैको चासो वन्दकोठा भित्र रहने कैदी बन्दीहरुमापनि जाने गर्दछ । हाँसी खुसी खुला रुपमा दसैँ पर्व मनाउन नपाउने उनीहरु वन्द घर भित्रपनि रमाइरहेका हुन्छन् । अझ दसैँ मान्ने खर्च समेत परिवारलाई पठाएर आफ्नो मेहनत वढाईरहँदा वाहिर वस्नेहरुलाई समेत सन्देश मिलिरहेको हुन्छ ।

विभिन्न अपराधमा सजाय कटाइ रहेका उनीहरुले नै आफ्नो परिश्रमबाट भएको आम्दानी चाडपर्व मनाउन आफन्तलाई घर पठाएका खवरहरुपनि आइरहन्छन् । तर अहिलेको विषम परिस्थितीमा भने उनीहरुको दिनचर्या फरक छ ।

कारागार शाखा भरतपुरका जेलर कमलप्रसाद काफ्लेका अनुसार सधैँ घरमा दसैँ खर्च पठाउने उनीहरु यो वर्ष घरबाटै मगाउने अवस्थामा पुगे । लकडाउन र कोभिड १९ को संक्रमण कारण कच्चापदार्थ पाउन कठिन भयो उत्पादन भएपनि बजार खुलेन । जसका कारण गलैँचा, मुढा र बाँसका सामाग्री बनाएर राम्रो आम्दानी गर्ने उनीहरु फुर्सदिला बने ।

जेलर काफ्लेका अनुसार हालसम्म कारागारमा रहेका कुनैपनि व्यक्तिमा अहिलेको महामारी कोभिड १९ को संक्रमण छैन । उनिहरु पनि सचेत छन् त्यसैले हामी संक्रमण भन्दावाहिर छौँ । ”
काफ्लेका अनुसार नयाँ कैदीबन्दी भए पहिला क्वारेनटाइनमा रख्ने गरिन्छ त्यसपछि मात्रै भित्रप्रवेश गराइने गरिएको छ । वाहिर वाट आउने कुनै पनि व्यक्तिलाई भेट्न निषेध गरिएको छ भने वाहिर बाट सामान ल्याएपनि सेनिटाइज पछि मात्रै भित्रलग्ने गरिएकोले अहिले सम्मकोभिड १९ को संक्रमण हुन नपाएको काफ्लेले बताए ।

मानविय स्वभाव नै हो । चाडपर्व नजिक आएपछि कैदी वन्दीहरुको धारणा बुझ्न काफ्लेले सोधे, दसैँमा तपाईको आफन्तहरुलाई भेट गर्न दिने कि नदिने ? अधिकाँशले उत्तर दिए,“बाँचियो भने त धेरै पटक भेट्न पाइहालिन्छ । यो पटक भेट नगर्ने । यहीभित्रका साथीहरु वीचमै दसैँ मनाउने । ”
कैदीबन्दीहरुले नै त्यसो भनेपछि कारागार प्रशासनले ज्येष्ठ मध्येबाट टिका लगाई दसैँ मनाउने व्यवस्था मिलाएको छ । कैदीबन्दीहरुले कारागार भित्र दिर्घरोग भएकाहरु समेत रहेका कारण वाहिरवाट मानिसहरुलाई भेट्न नआउन आग्रह गरेका हुन् ।

यस पटकको दसैँ खर्च कारागार प्रशासनले उपलब्ध गराइसकेको जेलर काफ्लेले बताए । प्रति कैदीबन्दी रु. ३०० रुपैया सरकारले दसैँ मान्नखर्च उपलब्ध गराउदै आएको छ । यो पर्याप्त नभएपनि मिलेर उनीहरु खसी, राँगो, कुखुरा आदिल्याउने र दसैँ मनाउने तयारीमा छन् । तर नयाँ लुगा लगाउने चाहानालाई प्रशासनले मध्यनजर गरी कार्तिक ४, ५, ६ गते तीनदिन आफन्तलाई टाढैबाट भेट्ने दिने र आफन्तले दिएका कपडाहरु सेनिटाइज गरेर लगाउनदिने व्यवस्था मिलाइएको उनले बताए ।

अहिले अस्पताल जानै पर्नेलाई मात्रै अस्पताल लगिने गरिएको छ भने पैसा वोहक अन्यखाद्य वस्तुहरु परिवारसँगपनि लिन निषेध गरिएको छ ।

भित्रै वस्ने भित्रै रमाइलो गर्ने कैदीबन्दीहरु भरतपुर कारगारमा ६८९ जना रहेका छन् । ५८ जनामहिला र ६३१ जनापुरुष रहेका छन् । थप ३ आश्रित बालिकाहरु छन् । कारागार भित्र ३६ जनाले गलैचा बुन्ने गर्दछन् जसमा ४ जनामहिला रहेका छन् । अन्यले मुढा वाँसका सामाग्री बनाएर आम्दानीगर्ने गर्दछन् ।

  • प्रकाशित मिति : कात्तिक ४, २०७७, मंगलवार १०:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८