कार्तिक–३, २०७७
चितवन । जिल्लाको एक मात्र ठुलो सरकारी अस्पताल भरतपुर अस्पतालले दसैँको बेला ओपीडी सेवा वन्द रहने जनाएको छ ।
दसैँको शुभकामना सहित आज सोमवार सुचना जारी गर्दै भरतपुर अस्पताल प्रशासनले इमरजेन्सी र अन्तरंग सेवा भने २४ सै घण्टा अहिलेकै सेवा सहित चालु रहने जानकारी गराएको छ ।
यो वाहेक ओपीडी सेवा भने कार्तिक ७ गते फुलपाती देखि ११ गते एकादशी सम्म वन्द रहने जनाइएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८