कार्तिक–३, २०७७
चितवन । दसैँ बिदामापनि चितवन जिल्लामा कोरोना परीक्षण नरोकिने भएको छ ।
चितवनमा शनिवार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले दसैँको मुख्यतीन दिन अष्टमी, नवमी र दशमीमा आलोपालो ल्याबहरु खोलेर कोरोना परीक्षण नरोक्ने निर्णय गरेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए । तिवारीका अनुसार अष्टमीको दिनमा भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला, नवमीको दिन चितवन मेडिकल कलेजको प्रयोगशाला र दसैँको टीकाको दिन क्यान्सर अस्पतालको प्रयोगशाला सञ्चालन गर्ने निर्णय भएको छ ।
चाड पर्वमापनि कसरी स्वास्थ्य सेवादिने र कर्मचारी व्यवस्थापन गर्ने भनी बसेको बैठकले जिल्लाका सरकारी निजी सवै अस्पतालहरु संचालन गर्ने निर्णय गर्दै सवै स्थानीय तहमा चालु अवस्थामा एम्वुलेन्स राख्ने निर्णय भएको र एम्वुलेन्सका सम्पर्क नम्वर सार्वजनिक गरेको तिवारीले बताए । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई सहितको उपस्थितीमा भएको बैठकमा जिल्लामा स्वास्थ्य संस्थासँग सम्वन्धीत व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
चितवनमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३४ पुगेको छ । हालसम्म ४१ जना संक्रमितको मृत्यु भएको छ भने १ हजार ८ सय ३३ जना निको भएका छन् । सवै भन्दा धेरै संक्रमित भरतपुर महानगर पालिकामा २ हजार १ सय ६३ छन् जहाँ २६ जनाको मृत्यु र १ हजार १ सय ५० जना निको भएका छन् । सक्रिय संक्रमितमध्ये ६२९ जनाहोम आइसोलेसनमा रहेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८