• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

आज १५७१४ नमुना परिक्षण गर्दा ३७९० संक्रमित थपिए

  • खवरदाता

आज १५७१४ नमुना परिक्षण गर्दा ३७९० संक्रमित थपिए

कार्तिक–३, २०७७

चितवन । पछिल्लो २४ घण्टामा १५ हजार ७१४ नमुनाको परिक्षण गर्दा ३ हजार ७९० जना कोरोना संक्रमित थपिएका छन् ।

आज ३ हजार ७९० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ४० हजार ७७८ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या २६ हजार ९२७ रहेको छ भने संस्थागत आइसोलेसनमा १३ हजार ८५१ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

यस्तै चितवनमा ८५, काठमाण्डौं उपत्यकामा २३८८ मध्ये काठमाण्डौंमा २००८ भक्तपुरमा ९९ र ललितपुरमा २८१ रहेका छन् । हाल देशभरमा २८२ आईसियुमा छन् भने ६३ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा २३३५ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ९४ हजार ५०१ पुगेको छ । यो ६९.५ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा १८ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ७५७ पुग्यो ।

  • प्रकाशित मिति : कात्तिक ३, २०७७, सोमवार १०:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८