कार्तिक–३, २०७७
चितवन । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर ४ बस्ने ७६ वर्षका पुरुष रहेको चितवन मेडिकल कलेजले जानकारी दिएको छ ।
श्वास प्रश्वासमा समस्या भई यही असोज २० गते भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टी भएको थियो । उच्च रक्तचाप, प्रोष्टेट र थाइराइडको समेत समस्या भएपछि उनलाई सघन उपचार कक्षमा उपचार गराई रहेका ती पुरुषको आज सोमवार विहान ४ बजेर १ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
यो सहित चितवन मेडिकल कलेजमा मात्रै कोरोना संक्रमितबाट मृत्यु हुनेको सख्या २८ जना पुगेका छन् । जसमा १६ जना पुरुष र १२ जना महिला रहेको अस्पतालले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८