• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

चितवनमा ५६ जना थपिए, ५ महिने बालिका पनि संक्रमित

  • खवरदाता

चितवनमा ५६ जना थपिए, ५ महिने बालिका पनि संक्रमित

कार्तिक –२, २०७७

चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

आइतबार गरिएको परिक्षणमा चितवनका ४९ सहित ५६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रयोगशालाका अनुसार भरतपुरका १८ पुरुष र १६ महिला गरि ३४ जना, रत्ननगरका २ पुरुष र ३ महिला गरि ५ जना, खैरहनिका २ पुरुष र १ महिला गरि ३ जना, राप्तीका ३ महिला, कालिकाका १ पुरुष र इच्छाकामनाका ३ पुरुष समेत गरि ४९ जना रहेका छन ।

यस्तै अन्य संक्रमित हुनेहरुमा नवलपरासीका १ महिला र १ पुरुष र पर्साका ४ पुरुष र १ महिला समेत गरि ५६ जना रहेका छन । संक्रमितहरु ५ महिना देखि ७७ बर्ष सम्मका रहेका छन ।

भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, नेशनल सिटि अस्पताल, नारायणी सामुदायिक र विभिन्न क्वारेन्टिनबाट संकलन गरिएका ४३१ नमुनाको परिक्षण गर्दा ३७५ नमुनाको नतिजा नेगेटिभ आएको थियो भने ५६ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

  • प्रकाशित मिति : कात्तिक २, २०७७, आइतवार १४:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८