• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

इन्धन बिना गुड्ने कार बनाएपछि दाजुभाइको चर्चा

  • खवरदाता

इन्धन बिना गुड्ने कार बनाएपछि दाजुभाइको चर्चा

कार्तिक–२, २०७७

चितवन । चितवन भरतपुर ६ का सफल पौडेल र कुशल दाजुभाइले इन्धनविना गुड्ने कार बनाएपछि चर्चा चुलिएको छ ।

इन्धन बिना गाडि गुडाउन सकीन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर, भरतपुर महानगरपालिका ६ का दाजुभाईले इन्धन बिना सवारी साधन गुडाएर सबैलाई देखाएका छन् । उनीहरुले लकडाउनको समयलाई सदुपयोग गरी गाडी बनाएका थिए । पहिला पेट्रोलबाट चल्ने कार बनाएका उनीहरुले अहिले सोलारबाट चल्ने कार बनाएका हुन् । कलेज बन्द भएर धेरै जनाको विद्यालय पढाई अवरुद्ध भएपनि उनिहरुको सिकाई भने रोकिएन ।

दाजुभाइ मिलेर इन्धन बिनापनि गाडि चल्छ हैभन्ने देखाउने उनीहरुको इच्छा भने रोकीएन । लकडाउनका बीचमा त्यो पुरा गरे । त्यसो त सफल र कुशलनामै काफी छ भने झै दुबैले नाम अनुसार नै कुशलता पूर्वक सफलता प्राप्त गरेकाछन् । पेट्रोलबाट चल्ने कारले एकातिर धुँवा र अर्कोतिर ध्वनी दुवैले वातावरण प्रदुषण गराएपछि दाजुभाईले फेरी नयाँ सोच बनाए । जुन सोचका कारण अहिले सोलार प्यानलबाट विना इन्जिन ४ पाँग्रे ४ सिट क्षमताको कार बनाएर यसरी सररर… कुदाएको देख्दा सबै छक्क परेकाछन् ।

विना इन्धन इन्जिन गाडी चल्छ है भन्ने प्रमाणित गर्न र भारतबाट आयातहुने इन्धन घटाइ विना इन्धन उज्यालो नेपाल बनाउने उद्देश्यले गाडि बनाएको दाई सफलको भनाई छ ।

डेढसय वाटको ४ वटा सोलार प्यानल, डिसी मोटर अगाडी स्कुटरको चक्का र पछाडी इ रेक्साको सामान जडान गरी बनेको कार चल्दा सोलार प्यानलबाट काम हुन्छ । त्यसै गरी रोकीदा भने व्याट्रिमा चार्ज हुने हेर्दा निकै नै उपयोगिहुने देखिन्छ । दिउँसोको समय जति किलोमिटर पनि यात्रागर्न सकिन्छ भने अहिलेको व्याट्रिले रातमा करिव ४० किलोमिटर यात्रा गर्न सकिने सफलको भनाई छ । यो कार विशेष गरी पर्यटक घुमाउन प्रयोग गर्न सकिने र थप सहयोग प्रोत्साहन पाए अन्य मोडलमा पनि निर्माण गर्न सकिने उनीहरुको भनाई छ ।

अझै यसलाई व्यस्थित गराउँदै लैजाने क्रममा रहेका दाजुभाई व्यक्तिगत खर्चमै अतिनैे मेहनत गरेको बताउँछन् । सरकारले रिसर्च सेन्टर र विषय विशेषज्ञसँगको गोष्ठी सेमिनारमा सहभागी गराइदिने र आर्थिक सहयोगमा व्यवस्थापन गरी दिएहुन्थ्यो भन्ने दुबैजनाको माग छ ।

घरमै इलेक्ट्रिक पसल । वुवाआमा यसैमा दख्खल । दाजु सफलको विषयपनि इलेक्ट्रिकल इन्जिनियर,भाइकुशलअहिले कक्षा ११ मा अध्धयनरत छन् । लकडाउनले व्यापार व्यवसाय नचलनेपनि सन्तानको सफलतामा अभिभावक खुसी हुनुपर्छ भन्ने सन्देश दिनपनि साथ दिएको आमा शर्मिला रेग्मी पौडेल बताउछिन । अव घरपरिवारले सहयोग गरेर यतिको बनाएपछि सरकारले विशेष प्राथमिकतामा राखी सहयोग गर्न आग्रह गरेकी छिन । जनताले तिरेको रकमबाट वर्षेनी इन्धन आयातगर्न रकम वाहिर पठाउँदा देश नोक्सानमा रहेको भन्दै यदि इन्धन विना चल्ने गाडी बनाएका व्यक्तिहरुलाई प्रोत्साहनगर्न सके देशको पैसा जोगिने बताएकी हुन ।

दाजुभाइको मेहनत र परिवारको साथले पाएको सफलता परिवारमा मात्रै सीमित छैन । आफ्नो टोललाइ चिनाउन भूमिका खेलेको भन्दै छिमेकीहरुपनि खुशी देखिन्छन् । तर मेहनतका साथ आफ्नै खर्चमा यसरी गाडि बनाउने वौद्धिक सम्पती यतिकै हराउने होकी भन्ने चिन्तारहेको छिमेकी सुजन परियार बताउँछन ।

दाजुभाइले धेरै राम्रो काम गरेको र सहयोग पाए देशलाई चिनाउने उनको भनाई छ । यीदुई भाई भविष्यमा इन्जिनियर बन्ने र यो क्षमतालाई सरकारले सहयोग गर्नुपर्नेमा जोड दिने अर्का छिमेकी नारायण प्रसाद कोइराला सरकार आफ्नै छिटो धन्दागर्न नभ्याएको भन्दै नयाँ क्षमतावानहरुलाई सहयोग सँगै हौसला दिनुपर्ने बताए । अहिले वडाले १ लाख रुपैयाँ उपलब्ध गराउने भनी घोषणा गरेको अर्का छिमेकी काशी प्रसाद श्रेष्ठ बताउँछन । टोलवासी नै खुसी रहेको भन्दै आफ्नो शिक्षालाइ व्यवहारमापनि देखाउन सफल भएको बताए । स्थानीय सामाग्री जोडेर यतिको कार बनाउन सकेको भन्दै उनले राज्यले थप पहल गरिदिन आग्रह गरे ।

देशका विभिन्न ठाउँबाट युवाहरुको नयाँ नयाँ आविष्कार र निर्माणका खवरहरु आइरहन्छन् । तर केही समयपछि सरकारको साथ नपाएपछि व्यक्तिगत खर्चमा मात्रै सम्भव नहुने हुँदा हराएर गइरहेका छन् । त्यसैले पनि सरकारले यस्ता प्रतिभाहरुको संरक्षण र सम्र्बद्धनमा सघाउने हो भने यस्ता युवाहरुले देशकैलागि केहि गर्न सक्ने थिए ।

  • प्रकाशित मिति : कात्तिक २, २०७७, आइतवार १२:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८