• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

मजदुरमाथी तलमाथी भए सहिन्न –श्रेष्ठ

  • खवरदाता

मजदुरमाथी तलमाथी भए सहिन्न –श्रेष्ठ

कार्तिक– २, २०७७

चितवन । कोभिडको नाममा मजदुरहरुलाई कसैले तलमाथी गर्न खोजे पार्टी चुप लागेर नबस्ने नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले बताएका छन् । उनले सो कुरा नेपाल टे«ड युनियन काँग्रेस जिल्ला शाखा चितवनले आफ्ना सदस्यहरुलाई प्रदान गर्न लागेको १ दिने श्रम मापदण्ड सम्बन्धि आधारभुत ट्रेड युनियन शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै बताएका हुन ।

कार्यक्रममा उनले कार्यस्थलमा खटिएका श्रमजिबीहरुले स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशन दिदै सो को सम्पूर्ण ब्यावस्था सञ्चालकहरुले गनुपर्ने बताए । कोरोनाले दिएको कष्ट र भय बाट उम्कन सकारात्मक सोच र तनाब ब्यावस्थापननै अचुक अस्त्र भएको निकष्र्ष निकालेका हुन ।

भौतिक दुरी कायम गर्दै सम्पन्न गरिएको सो अभिमुखिकरण कार्यक्रमा नेपाल ट्रेड युनियन काँग्रेसमा आवद्ध बिभिन्न सघ सस्थाका २५ जना सदस्यको उपस्थिती रहेको थियो ।

सहभागीहरुलाई कोभिड १९ ले रोजगारी लगायत श्रम बजारमा पारेकोे प्रभाब र समाधानको उपाय, सस्थाको बर्तमान सांगठानिक संरचना, असंगठित क्षेत्रका चुनैती र सम्भावना साथै अर्थब्यावस्था लगायतका बिषयमा नेपाल टेड युनियन काँग्रेस बाग्मती प्रदेश अध्यक्ष धनश्याम चापागाई, नेपाल ट्रेड युनियन काँग्रेस चितवनका उपाध्यक्ष पूर्णप्रसाद शर्मा र सचिब रमेश खनालले सहजीकरण गरेका थिए ।

नेपाल ट्रेड युनियन काँग्रेस चितवनका पुर्व अध्यक्ष एंव केन्द्रिय सदस्य बैकुण्ठराज पौडेल, नेपाली काँग्रेसका नेता धनबहादुर गुरुङ्ग लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम नेपाल टेड युनियन काँग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • प्रकाशित मिति : कात्तिक २, २०७७, आइतवार ११:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८