• मंसिर १५, २०८०, शुक्रवार Friday, 01 December, 2023

आज निको भए २३२६,थपिए २९४२ जना

  • खवरदाता

आज निको भए २३२६,थपिए २९४२ जना

कार्तिक–२, २०७७

चितवन । पछिल्लो २४ घण्टामा १४ हजार ८७५ नमुनाको परिक्षण गर्दा २ हजार ९४२ जना कोरोना संक्रमित थपिएका छन् ।

आज २ हजार ९४२ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ३९ हजार ३४१ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या २६ हजार ४०८ रहेको छ भने संस्थागत आइसोलेसनमा १२ हजार ९३३ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

यस्तै काठमाण्डौं उपत्यकामा १६९८ मध्ये काठमाण्डौंमा १४६९ भक्तपुरमा ९९ र ललितपुरमा १३० रहेका छन् । हाल देशभरमा ३०१ आईसियुमा छन् भने ६६ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा २३२६ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ९२ हजार १६६ पुगेको छ । यो ६९.७ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा १२ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ७३९ पुग्यो ।

  • प्रकाशित मिति : कात्तिक २, २०७७, आइतवार १०:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८