• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चितवनमा पहिलो पटक कृतिम गर्भाधानबाट बच्चा जन्माईयो


चितवनमा पहिलो पटक कृतिम गर्भाधानबाट बच्चा जन्माईयो

कार्तिक– २, २०७७

चितवन । प्राकृतिक रुपमा बच्चा जन्माउन कठिन दम्पत्तीहरुलाई चितवनमा खुसीको क्षण आएको छ । जिल्लामै पहिलो पटक टेष्ट्युव वेवीको जन्म भएपछि अव बच्चा नभएर दुखी वन्नु नपर्ने अवस्था आएको हो । चितवन मेडिकल कलेजका प्रशासन अधिकृत हरि बोहोराका अनुसार गत वर्षको माघ महिनाबाट प्रकृया सुरु भएको चितवनकै एक दम्पतीलाई शनिवार छोरा प्राप्त भएको छ ।

२ वर्ष अघि देखिनै केही दम्पत्तीमा परीक्षण गरिएपनि सफलता पाउन नसकिरहँदा शनिवारभने सफलता प्राप्त भएको बोहोराले बताए । स्त्री तथा प्रसुति विभाग अन्तर्गत रहेको कृत्रिम गर्भाधारण केन्द्रको स्थापना गरिएको थियो । ८ देखि ९ जना चिकित्सक कर्मचारीले विशेष निगरानी राख्ने उक्त प्रकृयाले पाएको सफलतासँगै वाँझोपनको समस्या लगायत विभिन्न समस्याले सन्तान प्राप्त गर्न नसक्नेलाई फाइदा पुग्ने वोहोराले बताए । अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको छ । सामान्यत साँढे २ लाख सम्मको खर्चमा उक्त बच्चाको सफल जन्म भएको हो बोहोराले बताए ।

चितवन जिल्लामै पहिलोपटक चितवन मेडिकल कलेजमा ४१ वर्षीया महिलाको कोखबाट टेस्ट ट्युब बेबी जन्मेको अस्पतालको दावी छ । दोस्रो प्रयासमा पहिलो पटक सफलता पूर्वक टेस्ट ट्युब बेबी जन्म भएको जानकारी दिएको छ । ‘दोस्रो प्रयासमा सफलता पाएको र परिवारले परिचय सार्वजनिक नगर्ने बताएपछि परिचय गोप्य राखिएको छ । उनीहरु चितवनबासी दम्पती हुन् ।

डा.ताम्राकारका अनुसार शनिबार ३.६ किलोग्रामको छोराको जन्म भएको हो । बच्चा र आमाको स्वास्थ्य अवस्था एकदम राम्रो रहेको चिकित्सकले बताएका छन् । सो दम्पतीमा गत दशैं तिहारको समयमा टेस्ट ट्युब बेबीको प्रक्रिया अघि बढाईएको थियो । उनीहरु नियमित चिकित्सको निगरानीमा रहेको थिए । कृतिम गर्भाधान भएकाले चिकित्सकहरुले नियमित जसो नेचुरल हर्मोन प्रदान गर्दै आइरहेका थिए ।

  • प्रकाशित मिति : कात्तिक २, २०७७, आइतवार ०२:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८