• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

चितवनका ९९ सहित थप १४१ जनामा कोरोना संक्रमण पुष्टि

  • खवरदाता

चितवनका ९९ सहित थप १४१ जनामा कोरोना संक्रमण पुष्टि

कार्तिक –२ ,२०७७

चितवन । चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा १४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका ४० पुरुष र ४० महिला गरि ८० जना, रत्ननगरका ६ पुरुष ३ महिला, खैरहनिका २ पुरुष र २ महिला, कालिकाका १ महिला, राप्तीका ३ पुरुष, माडीका १ पुरुष र ईच्छाकामनाका १ महिलागरि चितवनका ९९ जना रहेका छन ।

अन्य संक्रमित हुनेहरुमा गोरखाका ३, लमजुङ्गका १, हेटौंडाका ५, नवलपुरका १९, सलार्हि,तनहुँ, मोरङ्ग, रौतहट, सुर्खेत, रुपन्देही, कपिलवस्तु, काठमाण्डौ, महोत्तरी, गुल्मी, कास्की, धनुषा र धादिङ्गका १४ जना समेतगरि जम्मा १४१ जना रहेका छन । संक्रमितहरु ८ महिना देखि ८४ बर्ष सम्मका रहेका छन ।

परिक्षण गरिएका नमुनाहरु सबै सिएमसी स्वाब संकलन केन्द्रबाट लिइएको अस्पतालले जनाएको छ ।

शनिबार परिक्षण गरिएका ३७२ वटा नमूना मध्ये २३५ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने १४१ वटा नमुनाको पोजेटिभ आएको हो ।

  • प्रकाशित मिति : कात्तिक २, २०७७, आइतवार ०२:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८