• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

इच्छा कामनाका चेपाङहरुलाई सपना भिलेजद्धारा खाद्यन्न सहयोग

  • खवरदाता

इच्छा कामनाका चेपाङहरुलाई सपना भिलेजद्धारा खाद्यन्न सहयोग

कार्तिक–१, २०७७

सपना भिलेज सोसियल इम्याक्ट सौराहाले इच्छाकामना गाउँपालिका वडानम्वर १ का ६६५ चेपाङ घरधुरीलाई खाद्यन्न सहयोग गरेको छ ।

ज्याला मजदुरी गरेर कमाएको पैसाले दसैँ मान्दै आएका चेपाङहरु यस वर्ष कोभिड १९ र लकडाउनमा काम नपाएपछि गाउँ मै वस्न वाध्यथिए ।

खाद्यन्न अभाव भएर दसैँ नै खल्लो वन्ने भएपछि सपना भिलेजले गाउँपालिकाको आग्रहमा प्रति घरधुरी १५ किलो चामल, १ किलो दाल, १ लिटर तेल र १ पोकानुन सहयोग गरेको अध्यक्ष ध्रुव गिरीले बताए । ९ लाख ७५ हजार बरावरको खाद्यन्न सामाग्री सहयोग गरेको बताउँदै गिरीले विपन्न गरिव चेपाङहरुको आर्थिक सामाजिक र शैक्षिक स्तर उकास्न परियोजना मार्फत काम गरिरहेको बताए । यो दसैँ दसावन्ने खतरा रहँदा खाद्यन्न सहयोगले उनिहरुमा केही खुशी मिल्ने बताए ।

कार्यक्रमकी प्रमुख अतिथि इच्छाकामना गाउँ पालिकाकी अध्यक्ष गिता गुरुङले कोभिड १९ र लकडाउनले आम्दानी गुमेका चेपाङहरुमा दसैँको केही खुशीयाली दिन सहयोग कार्यक्रम आह्वान गरे अनुसार खाद्यन्न सहयोग गरिदिएको भन्दै धन्यवाद दिईन । साथै परियोजना प्रभावकारी रहेको भन्दै गाउँ पालिकाले पनि चेपाङहरुका जिवनस्तर उकास्न काम गरिरहेको बताए ।

कार्यक्रमका निर्देशक सुजन वस्नेतले २०७६ साल माघ १ गतेदेखि सवै यात्राको सुरुवात एक सपनाबाट भन्ने स्लोगनका साथ ३ वर्षे परियोजना संचालन गरिएको ठाउँका चेपाङको दसैँ थप दरदनाक नवनोस भनी सहयोग गरेको बताउँदै परियोजनाले चेपाङको जिवन स्तर सुधार्दै लगेको बताएका हुन । दशैँ थप दरदनाक हुन नदिन आफूहरुले यसरी सहयोग गरेको जानकारी दिए ।

आज घटस्थापनाको दिननै खाद्यन्न सहयोग पाएपछि खुशीभएका चेपाङहरु दसैमा चामलको भात खान पाइएको भन्दै खुशी भएका थिए । ६ महिना आफ्नै उत्पादन र ६ महिना सकसपूर्ण जिवन जिउन वाध्य चेपाङहरु लकडाउन र कोभिड १९ ले झनै समस्यामा परेका छन् ।

  • प्रकाशित मिति : कात्तिक १, २०७७, शनिवार ११:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८