कार्तिक–१, २०७७
चितवन । पछिल्लो २४ घण्टामा १५ हजार ४३८ नमुनाको परिक्षण गर्दा ३ हजार १६७ जना कोरोना संक्रमित थपिएका छन् ।
आज ३ हजार १६७ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ३८ हजार ७३७ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या २५ हजार ४३८ रहेको छ भने संस्थागत आइसोलेसनमा १३ हजार २९९ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।
यस्तै चितवनमा ११४, काठमाण्डौं उपत्यकामा १७४६ मध्ये काठमाण्डौंमा १४५१ भक्तपुरमा १४३ र ललितपुरमा १५२ रहेका छन् । हाल देशभरमा २९० आईसियुमा छन् भने ६६ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
पछिल्लो २४ घण्टामा १८०० जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ८९ हजार ८४० पुगेको छ । यो ६९.४ प्रतिशत हुन आउँछ ।
विगत चौविस घण्टामा देशभरमा १२ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ७२७ पुग्यो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८