कार्तिक–१, २०७७
चितवन । चितवनको भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना भएकी रौतहटकी ७० वर्षिया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या आएपछी असोज २९ गते अस्पतालको आईसोलेसनमा भर्ना भएकी उनको २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि एचयुडिमा राखी अक्सिजनको सहायतामा उनको उपचार हुदाहुँदै १ गते विहान ९ः२५ बजे मृत्यु भएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८