• फागुन ६, २०८१, मंगलवार Tuesday, 18 February, 2025

भरतपुर महानगरले सामाजिक सुरक्षा भत्ता नरोक्ने

  • खवरदाता

भरतपुर महानगरले सामाजिक सुरक्षा भत्ता नरोक्ने

कार्तिक–१, २०७७

चितवन । भरतपुर महानगर पालिकाले सुरक्षाभत्ता नरोक्न सवै वडालाई निर्देशन दिएको छ ।

वडाभित्र रहेका ६० वर्ष उमेर पुरा नगरेका विधुवा र अति अशक्त अपाङ्गता ख बर्गका अपाङ्गता परिचय पत्र भएका लाभ ग्राहीहरुलाई भत्ता नरोक्न निर्देशन दिएको हो । यस अघि कानुनमा उपलब्ध नगराउने नियमआएको भन्दै अपाङ्गता क्षेत्रमा कामगर्ने सरोकारवालाहरुले देशैभर विरोध जनाउँदै आएका थिए । राज्यले खाइपाई आएको सुविधा कटौती गरेको भनीतिव्र विरोध भएपछि सरकारले भत्ता उपलब्ध गराउन निर्देशन दिएपछि महानगर पालिकाले वडाहरुलाई निर्देशन दिएको हो ।

नेपाल सरकार मन्त्रि परिषदको असोज २६ गते बसेको बैठकले साविकमा सामाजिक सुरक्षा भत्ता खाइपाई आएकाहरुलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएपछि नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सवै स्थानीयतहलाई निर्देशन पठाएको छ ।

विभागका निर्देशक बिष्णु लामिछानेकाअनुसार साठी वर्ष ननाघेका विधुवा एकल महिलालाई मासिक रु. २ हजार र अति अशक्त अपाङ्गता ख वर्गकाअपाङ्गता परिचयपत्र भएका लाभ ग्राहीलाई १ हजार ६ सय रुपैयाँ मासिक उपलब्ध गराउने गरी चालु आर्थिक वर्षको प्रथम चौमासिक उपलब्ध हुने भएको छ ।

भरतपुर महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार प्रत्येक वडाले लाभग्राहीको दर्ता तथा नविकरण सम्वन्धीत सफ्टवयेरमा प्रविष्ट गरि अपुग रकम माग गर्न भनिएको छ ।

  • प्रकाशित मिति : कात्तिक १, २०७७, शनिवार ०२:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८