आश्विन –३० ,२०७७
चितवन । चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा ११७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका ३१ पुरुष र १८ महिला गरि ४९ जना, रत्ननगरका ५ पुरुष, खैरहनिका २ पुरुष र ३ महिला गरि ५ जना, कालिकाका २ पुरुष र १ महिला गरि ३ जना, राप्तीका १ पुरुष र माडीका २ पुरुष गरि चितवनका ६५ जना रहेका छन ।
अन्य संक्रमित हुनेहरुमा गैडाकोटका १८ पुरुष र ७ महिला गरि २५ जना, कावासोतीका ५, देबचुलीका ७ जना, लमजुङका १ जना, गोर्खाका २, बिनयका २ जना, रौतहट, बैतडी, मोरङ, बारा र पर्साका ७ जना गरि जम्मा ११७ जना रहेका छन । संक्रमितहरु ४ महिना देखि ८६ बर्ष सम्मका रहेका छन ।
परिक्षण गरिएका नमुनाहरु सबै सिएमसी स्वाब संकलन केन्द्रबाट लिइएको अस्पतालले जनाएको छ ।
शुक्रबार परिक्षण गरिएका ३७२ वटा नमूना मध्ये २५५ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ११७ वटा नमुनाको पोजेटिभ आएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८