आश्विन–३०, २०७७
सुनसरी । चाडपर्वको मुखमा इटहरी र धरानसहितका ठूला सहरी क्षेत्रमा तीव्र गतिमा कोरोना फैलिएपछि सुनसरीमा एक महिना लामो निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोनाको संक्रमण दर बढ्दै गएपछि एक महिना भन्दा लामो निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनले एक बिज्ञप्ती जारी गर्दै कात्तिक १ गतेदेखि मंसिर ६ गते सम्मका ३६ दिन लामो निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञामा आउँदै गरेको चाडपर्वमा घर बाहिर भेला हुने, पूजापाठसहितका सबै क्रियाकलापमा रोक लगाइएको छ ।
प्रशासनले सबै मठमन्दिर, शक्तिपीठ, मस्जिद, गुम्बाहरूमा भेला हुन पनि निषेध गरेको छ । मन्दिर, मस्जिद र गुम्बाहरूमा केबल नित्य पूजाआजा मात्रै गर्न पाइनेछ । अन्य कार्यमा प्रशासनले रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलका अनुसार निषेधाज्ञाका क्रममा तिहारमा देउसी–भैलो समेत खेल्न पाइने छैन । यस्तै राजनीतिक दलहरूबाट गरिने कुनै पनि कार्यक्रम सन्चालनमा पनि रोक लगाइएको पोखरेलले बताए ।
पछिल्लो समय राजनीतिक दलहरुले पार्टी प्रवेशका नाममा गतिविधि तीव्र बनाएपछि प्रशासनले यस्तो कदम चालेको हो ।
चाडपर्व नजिकिएका बेला मठमन्दिरमा भिड बढेर संक्रमण फैलिने जोखिम उच्च रहेकोले निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
ुमठमन्दिर, मस्जिद र गुम्बामा नित्य पूजा गर्ने एकजना बाहेक अन्यलाई प्रवेशमा रोक लगाएका छौं, उनले भने, चाडपर्वमा हुने शुभकामना आदानप्रदान कार्यक्रम, उद्घाटन र शिलान्यास, राजनैतिक दलको कार्यक्रमहरुमा पनि रोक लगाइएको हो ।’
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८