• माघ १, २०८१, मंगलवार Tuesday, 14 January, 2025

आज थपिए ४३९२, मृतक संख्या ७०० नाघ्यो

  • खवरदाता

आज थपिए ४३९२, मृतक संख्या ७०० नाघ्यो

आश्विन–३०, २०७७

चितवन । पछिल्लो २४ घण्टामा १६ हजार ५३१ नमुनाको परिक्षण गर्दा ४ हजार ३९२ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ४ हजार ३९२ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ३७ हजार ३८२ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या २५ हजार ४६ रहेको छ भने संस्थागत आइसोलेसनमा १२ हजार ३३६ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

यस्तै चितवनमा ६६, काठमाण्डौं उपत्यकामा २४०२ मध्ये काठमाण्डौंमा १७८४ भक्तपुरमा २४४ र ललितपुरमा ३७४ रहेका छन् । हाल देशभरमा ३१५ आईसियुमा छन् भने ७७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा ३५२२ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ८८ हजार ४० पुगेको छ । यो ६९.८ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा २१ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ७१५ पुग्यो ।

  • प्रकाशित मिति : असोज ३०, २०७७, शुक्रवार १०:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८