• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

सपना भिलेज सौराहाद्धारा सिद्धिका किसानलाई मौरीको घार वितरण

  • खवरदाता

सपना भिलेज सौराहाद्धारा सिद्धिका किसानलाई मौरीको घार वितरण

आश्विन–३०, २०७७

चितवन । सपना भिलेज सोसल इम्प्याक्ट सौराहा चितवनले सिद्धिका ६ जना किसानलाई मौरीको घार वितरण गरेको छ ।

प्रकृतिको संरक्षण गर्दै सिद्धिको विकासमा एक कदम नामक परियोजना मार्फत कालिका नगरपालिका वडा नं १० र ११ अन्तर्गत पर्ने किसानहरुलाई जनही २०÷२० वटा मौरीको घार वितरण गरेको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताए ।

घार पाएपछि व्यवसायीक रुपमै मौरीपालन गरी आम्दानी गरेर अन्यलाई पनि सहयोग गर्ने उनीहरुले बताएका थिए । इम्याक्टका अध्यक्ष गिरीले १३ लाख ८० हजार मुल्य बराबरको १२० वटा मौरीको घार वितरण गरिएको बताउँदै यसमा ३ लाख रुपैयाँ कालिका नगरपालिकाले लगानी गरेको जानकारी दिए । स्थानीय सरकार,किसान र सपना भिलेजको त्रिपक्षिय लगानीमा व्यवसायिक रुपमा मौरीपालन गर्ने गरी मौरी सहितको घार प्रदान गरिएको हो ।

अहिले मौरीको घार प्राप्त गरेका युवाहरुले तीनबर्ष भित्र २० घर मौरी फिर्ता गर्नुपर्ने हुन्छ । पहिलो र दोश्रो बर्ष पाँच पाँच घार र तेश्रो बर्ष १० घार मौरी फिर्ता गर्नुपर्ने र फिर्ता गर्न नसके क्षतिपूर्ति तिर्नुपर्ने गरी त्रिपक्षिय सहमति गरिएको इम्प्याक्टका म्यानेजर अनिल अर्यालले जानकारी दिए । गतबर्ष पनि सपना भिलेजले सिद्धिका १० जना युवाहरुलाई २०० घर वितरण गरिएको थियो ।

  • प्रकाशित मिति : असोज ३०, २०७७, शुक्रवार ०१:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८