• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

दुई वर्षिय बालक सहित थप ५५ जनामा कोरोना पुष्टि

  • खवरदाता

दुई वर्षिय बालक सहित थप ५५ जनामा कोरोना पुष्टि

आश्विन–३०, २०७७

चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ५५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

बिहीबार गरिएको परिक्षणमा चितवनका ५१ सहित ५५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रयोगशालाका अनुसार भरतपुरका ८ महिला र ९ पुरुष गरि १७ जना, रत्ननगरका १ पुरुष, खैरहनीका ४ महिला र ४ पुरुष गरि ८ जना, राप्तीका ११ पुरुष र ९ महिला गरि २० जना र कालिकाका २ पुरुष र ३ महिला गरि चितवनका मात्रै ५१ जना रहेका छन ।

यस्तै अन्य संक्रमित हुनेहरुमा पाल्पाका २ पुरुष र १ महिला र रुपन्देहीका १ पुरुष समेत गरि जम्मा ५९ जना रहेका छन । संक्रमितहरु २ देखि ७८ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल, लुम्बिनी मेडिकल कलेज र विभिन्न क्वारेन्टिनबाट संकलन गरिएका ३०५ नमुनाको परिक्षण गर्दा २५० नमुनाको नतिजा नेगेटिभ आएको थियो भने ५५ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

  • प्रकाशित मिति : असोज ३०, २०७७, शुक्रवार ०१:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८