• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

एकैदिन ३५६४ निको भए, आज थपिने ३७४९ जना

  • खवरदाता

एकैदिन ३५६४ निको भए, आज थपिने ३७४९ जना

आश्विन–२९, २०७७

चितवन । पछिल्लो २४ घण्टामा १६ हजार ५९८ नमुनाको परिक्षण गर्दा ३ हजार ७४९ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ३ हजार ७४९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ३६ हजार ५३३ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या २४ हजार १९४ रहेको छ भने संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

यस्तै चितवनमा ६६, काठमाण्डौं उपत्यकामा १९३४ मध्ये काठमाण्डौंमा १६९२ भक्तपुरमा १३४ र ललितपुरमा १०८ रहेका छन् । हाल देशभरमा ३१४ आईसियुमा छन् भने ६८ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा ३५६४ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ८४ हजार ५१८ पुगेको छ । यो ६९.४ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा १९ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ६९४ पुग्यो ।

  • प्रकाशित मिति : असोज २९, २०७७, बिहीवार १०:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८