• असोज १, २०८१, मंगलवार Tuesday, 17 September, 2024

नागरिककै अटेरीले नवलपुरमा कोरोना संक्रमण जोखिम वढ्दो

  • खवरदाता

नागरिककै अटेरीले नवलपुरमा कोरोना संक्रमण जोखिम वढ्दो

आश्विन–२९, २०७७

पूर्बी नवलपरासीमा सर्वसाधारणको हेलचेक्राईले कोरोनाको जोखिम उच्च बन्दै गएको छ । पछिल्लो पटक पूर्वी नवलपरासीमा बिद्यालय देखि हाटबजार समेत खुल्न थालेपछि यसको जोखिम उच्च रुपमा बढेको हो ।

तरकारी, खाद्यन्न र लत्ताकपडा समेतको बिक्रीका लागि लाग्ने हाटबजारमा सबैभन्दा बढी सर्वसाधारणको भिड हुने गरेको दलदलेका एकदेब पौडेलले बताए । हाटबजारमा सर्वसाधारणहरु ठेलमठेल गरेर किनमेल गर्ने गरेका र त्यहाँपुग्ने अधिकांश सर्वसाधारण मात्रहोईन व्यवसायीहरुले समेत सामान्य मास्क समेत प्रयोग गरेको पाइदैन पौडेल बताउँछन् ।

मानिसमा रोगले भन्दापनि भोकले मरिन्छ किभन्न्ो चिन्ताले सताउँन थालेको छ । गत चैत्र ११ देखिको बन्दाबन्दीले गर्दा लामो समय सम्म व्यापार व्यवसाय ठप्प भएको र अहिले सम्म जिल्लामा दस अर्ब बढिको नोक्सानी ब्यहोर्नु परेको उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष अमृत भटट्चनले बताए ।

दैनिक ज्यालादारी गरेर जिविको पार्जन गर्ने परिवारमा समस्यामा भएको छ त्यसैले पनि तरकारी, खाद्यन्न र लत्ता कपडाको बिक्रीका लागि अहिले हाट बजारमा आउने गरेको देवचुलीका एकनारायण शर्माले बताए । उनले भने “ कति समयसम्म कारोनाको जोखिम बढ्छ भनेर वस्ने सात महिना त वितिसक्यो अव हामिलाई जिविको पार्जन गर्न धौ धौ भयो र हाटबजारमा लताकपडा विक्रिका लागि आएका छौँ । ”

आम्दानीको मुख्य स्रोत हाट बजारमा व्यवसाय गर्नु हो योपनि नगर्दा विहान वेलुकाको छाक टार्न सकिदैन् यसर्थ कोरोनाको जोखिम बढेपनि हामि बजार आउन बाध्य छौ अर्का तरकारी व्यापारी सुनिता महर्जनले बताउछिन ।

नेपालीहरुको महान चार्ड बडादशै नजिकिदै गएको समयमा हाटबजार देखि विभिन्न व्यापार व्यवसाय गर्नेको भिड बढेको छ भने मानिसहरुको चहल पहल पनि बढ्दो रहेको ब्यापारी असिफ तेली साहा बताउछन् ।

लामो समयसम्म बन्द रहेको हाटबजार खुलेसँगै मानिसहरुको चहलपहल बढेको र आफुपनि दशैका लागि खाधान्न किनमेल गर्न बजार आएको कावासोती १ कि रमिता मगरले बताईन । कोरोनाको प्रबाह नगरी अन्तभन्दा केहि सस्तोमा किनमेल गर्न पाउने भएकाले हाट बजार आएको उनको भनाई छ ।

पूर्बी नवलपरासीमा हाटबजारलाई व्यवस्थितगर्न स्थानीयतहले समेत बेवास्तागर्दै आएका छन् । हाटबजारमा मात्रहोईन बजार क्षेत्रमा हिड्ने सर्वसाधारणहरुले पनि सामान्य मास्कको समेत प्रयोग गरेको पाईएको छैन । यसतर्फ कुनैपनि निकायले सचेत गराउने तर्फ नलागेको उद्योग बाणिज्य संघका नवलपुरका पुर्ब अध्यक्ष ओम प्रसाद पौडेलले बताए । मास्क बिनै हाटबजारदेखि बजारमा हिड्ने सर्वसाधारणहरुका कारण दिन प्रतिदिन कोरोना जोखिमलाई झनै उच्च बनाएको पूर्ब अध्यक्ष पौडेलले बताए ।

पूर्बी नवलपरासीमाहाल सम्म एक हजार दुई सय कोरोनाबाट संक्रमित भएका छन् भने झण्डै ४५० सकृय संक्रमित रहेका र नौ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

  • प्रकाशित मिति : असोज २९, २०७७, बिहीवार ०७:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८