गण्डकी प्रदेशमा ९७ जना कोरोना संक्रमित थपिए

  • खवरदाता
  • असोज २९, २०७७

आश्विन–२९, २०७७

चितवन । क्षयरोग उपचार केन्द्र पोखराको कोभिड–१९ प्रयोगशालामा गण्डकी प्रदेशका ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबार गरिएको परिक्षणमा गण्डकी प्रदेशका ९७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रयोगशालाका अनुसार कास्की पोखरा महानगरपालिकाका ३० जना, गोरखाका ७ जना, नवलपरासी पुर्वका ६ जना, लमजुङ्गका ३ जना, र वागलुङ्गका ५१ ज्ना सहित ९७ जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमितहरु ९ देखि ८७ बर्ष सम्मका रहेका छन ।

चरक मेमोरियल अस्पताल र गण्डकी मेडिकल कलेजमा ८ जनाको उपचारका क्रममा र बाँकी अन्यको कन्ट्रयाक ट्रेसिङ्गका आधारमा पहिचान भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८