• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

दया सिवाकोटीको “त्यो रात”

  • खवरदाता

दया सिवाकोटीको “त्यो रात”

आश्विन–२८, २०७७

चितवन । नर्वेमा संगीत अध्ययन गरिरहेका चितवनका सुमधुर आवाजका धनि गायक दया शिवाकोटीको रोमान्टिक डान्सिङ नम्बर गित “त्यो रात” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
शब्द, संगीत तथा स्वर स्ंयम शिवाकोटीकै रहेको म्युजिक भिडियो युवा पुस्तालाई लक्षित गरि बनाइएको हो । सिवाकोटी पछिल्लो समयमा उदयमान गायकको रुपमा सांगीतिक क्षेत्रमा परिचित छन् । विदेशमा बसेरपनि नेपाली गित संगीतको क्षेत्रलाई फराकिलो बनाउँदै संगीतमा नै समर्पित गायक सिवाकोटी बहु प्रतिभाका धनि हुन् ।

केटी ओहो, आमा बाबा, शिकारी, नडरा जस्ता थुप्रै गितहरु सार्वजनिक गरिसकेका गायक सिवाकोटी दरिलो स्टेज प्रस्तुतिले अझ परिचित बनेका छन् । भारतको फिल्म सिटीमा समेत आफ्नो प्रस्तुति दिएका शिवाकोटीले नर्वेबाट नयाँ म्युजिक भिडियो ‘त्यो रात’ सार्वजनिक गरेका हुन् ।

अहिले नर्वेमा संगीत अध्ययन गरिरहेका चितवनका परिचित उनले साइप्रसबाट सांगीतिक यात्रा सुरु गरेका थिए । भारतमा समेत संगीत अध्ययन गरेका उनले त्यसै बेला ‘त्यो रात’ रचना गरेको कुरा उनि बताउछन् ।

म्युजिक भिडियोमा नर्वेका एक जोडीले अभिनय गरेका छन् र जर्मन नर्वेजियन नागरिकले उक्त भिडियोको छायांकन गरेका थिए । नर्वेको प्राकृतिक सौन्दर्यतामा खिचिएका छन् ।

  • प्रकाशित मिति : असोज २८, २०७७, बुधवार ११:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८