आश्विन–२८, २०७७
चितवन । लकडाउन र कोभिड–१९ को संक्रमण जोखिमका कारण वन्दभएको विषादी परीक्षण सेवा बुधवारबाट सुरु भएको छ ।
महानगर फलफूलतथा तरकारी बजार भरतपुर २ मा रहेको विषादी अवशेष द्रुतविश्लेषण प्रयोगशालालाई मंगलवार सफा गरेर आजबाट संचालनमा ल्याइएको प्रयोगशालाकी कर्मचारी अञ्जु भण्डारीले जानकारी दिईन । आजविहानै बजारमा आएका मालुवा केरा, घिरौला, टमाटर, नयाँआलु आदिको नुमनालिएर परीक्षण गरिएको छ ।
यस अघि चितवनका मालुवा केरामा अध्यधिक विषादी देखिएपछि अहिले त्यसको अनिवार्य परीक्षण गर्ने गरिएको र अन्य तरकारी तथा फलफूलको हकमा सिजन सकिएका र नयाँलाई प्राथमिकतामा राखेर परीक्षण गर्ने गरिएको छ । त्यस्तै भारतबाट आएका तरकारी तथा फलफूललाईपनि प्रयोगशालामा परीक्षण गरेर मात्रै वाहिर पठाउने गरिएको छ ।
सीमा नाकामा नै जाँच गराएको कागजभए परीक्षण नहुने अन्यथा परीक्षण गरेर खाना योग्य हो वा होइन पहिचान गरेर मात्रै बजार पठाउने गरिएको भण्डारीले बताईन ।
गतवर्षको पुष देखि संचालनमा आएको विषादी परीक्षण लकडाउन खुलेर बजार संचालनमा आउँदापनि वन्द नै रहेको थियो ।
त्यो समय विषादी हालेको तरकारी फलफूल भएपनि विना परीक्षण नै विक्रि भइरहेका थिए । आजबाट भने परीक्षणलाई प्राथमिकतामा राखिएको र हाल सम्म भएको परीक्षणबाट खान नहुने गरी विषादीन भेटिएको भण्डारीको भनाई छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८