आश्विन–२८, २०७७
चितवन । नवलपुरका एक कोरोना संक्रमित पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका १५ का ७५ वर्षीय पुरुषको मंगलबार राति मत्यु भएको अस्पतालले जानकारी दिएको छ । श्वासप्रश्वासमा समस्या भएर असोज १८ गते अस्पताल भर्ना भएका उनमा असोज २० गते कोभिड– १९ पुष्टी भएको थियो ।
कोभिड आइसीयूमा उपचाररत ती पुरुषको राति १०ः२० बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८