आश्विन–२८, २०७७
सनराइजर्स हैदरावादलाई २० रनले पराजित गर्दै चेन्नाइ सुपर किङ्सले आइपिएलमा कम ब्याकको सम्भावना देखाएको छ । मंगलवार भएको खेलमा १६८ रनको लक्ष्य पछ्याएको हैदरावाद ८ विकेटको क्षतीमा १४७ रनमा सीमित भयो । चेन्नाइको जितमा साम करण र रवीन्द्र जडेजाको अलराउण्ड प्रदर्शन महत्वपूर्ण रहेको थियो ।
म्यान अफ द म्याच घोषित जडेजाले ३ ओभरमा २१ रन खर्चिँदै दुई विकेट लिए । उनले १० बलमा २५ रन पनि प्रहार गरेका थिए । साथै उनले सीमा रेखा नजिक तिन क्याच पनि लिए । यस्तै करणले पावर प्लेमा बलिङ गर्दै ३ ओभरमा १८ रन खर्चेर डेभिड वार्नरको विकेट लिए । प्रारम्भिक ब्याट्सम्यानको रूपमा आएका उनले २१ बलमा ३१ रन पनि प्रहार गरेका थिए । हैदरावादका केन विलिम्सनले ५७ रन प्रहार गरे ।
टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाइले ६ विकेटको क्षतीमा १६७ रन जोडेको थियो । चेन्नाइका सेन वाटसनले ४२ तथा अम्बाती रायडुले ४१ रन प्रहार गरेका थिए । हैदरावादका लागि सन्दीप शर्माले ४ ओभरमा १९ रन खर्चेर दुई विकेट लिए ।
चेन्नाइ ८ खेलमा ६ अङ्क सहित तालिकाको छैटौँ स्थानमा छ भने हैदरावाद ६ अङ्क सहित पाँचौँ स्थानमा छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८